बाहुण्डाँगी । रामनगर जेसिज द्वारा आयोजित एक दिवसीय ट्रेनिङ अफ लाइफ स्कील तालिम सम्पन्न भएको छ । तालिममा ४० जना को सहभागिता रहेको थियो ।
शाखाकी अध्यक्ष हिमा न्यौपानेको अध्यक्षतामा भएको तालिममा नेपाल जेसीजका ट्रेनर रमेश अर्यालले प्रशिक्षण गराउनु भएको थियो । नेचर रे रिवर भ्यु रिसोर्टमा भएको तालिमको संयोजन भबी चापागाईले गर्नु भएको थियो ।
तालिमबाट जिबन मा अपनाउनु पर्ने धेरै महत्त्वपुर्ण सीप सिक्ने अवसर पाएको मा सहभागीले खुसी व्यक्त गरेका थिए ।।उक्त कार्यक्रम मा बर्दघाट जेसिज का अध्यक्ष जेसि राजु न्यौपाने, सस्थापक अध्यक्ष जेसि डोलराज भण्डारीले आफ्नो मन्तब्य दिनु भएको थियो भने जेसि कुसुम चापागाईं को आस्थापाठ ,जेसि भबी चपागाइ को स्वागत मन्तब्य ,जेसि देबु भट्टराई को धन्यवाद मन्तव्य र महासचिव जेसि चन्द्रकला डुम्रे को संचालनमा कार्यक्रम सुसप्पन्न भयो।