• बाहुण्डाँगी । बाग्लुङ जेसीजको २०२० का लागि शाखा अध्यक्षमा सुरेन्द्र शाक्य
    निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको वार्षिक साधारण सभाले शाक्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीाणी उपाध्यक्षमा रामचन्द्र गौतम र सौरभ श्रेष्ठ निर्वाचित हुनु भएको छ । यसैगरी
    उपाध्यक्षमाहरुमा सुराक शाक्य, एञ्जिला श्रेष्ठ, गणेश महतो र सौगात खड्का
    निर्देशकमा मनिष राजभण्डारी, विन्दा कार्की (सोनी) निर्वाचित हुनु भएको निर्वाचन आयुक्त एवम् पूर्व अध्यक्षहरुको संगठन लिर्डस २०१९ का अध्यक्ष जयराज भण्डारीले जानकारी दिनु भयो । यसैगरी नवनिर्वाचित अध्यक्ष शाक्यले महासचिवमा आनन्दप्रसाद रेग्मी र कोषाध्यक्ष शिवबहादुर केसीलाई मनोनित गर्नु भयो भने बाग्लुङ जेसीजको परम्परा अनुसार निवर्तमान अध्यक्षपछि स्वत कानुनी सल्लाहकार बन्ने प्रावधान रहेकोले हालको निवर्तमान अध्यक्ष लालकुमार बस्नेत (अम्बिका) पदहस्तान्तरणपछि स्वत कानुनी सल्लाहकारमा मनोनित हुनुहुनेछ ।
    शाखाका अध्यक्ष एञ्जिल शाक्यको सभापतित्वमा सम्पन्न साधारणसभामा उम्मेदवारहरुको तालिम शाखाका पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सुदिप राजभण्डारीले प्रशिक्षण गराउनु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…