बाहुण्डाँगी । कपन जेसीज वर्ष २०२० को अध्यक्षमा रुपेश भट्टराई निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको वार्षिक साधारणसभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको सिनियर कार्यकारीणी उपाध्यक्षमा नवराज वन, कार्यकारीणी उपाध्यक्षहरुमा दिपकजङग अधिकारी र मुना लामा, उपाध्यक्षहरुमा सविना मोक्तान, आशिष अधिकारी, निमा लामा र विनिता खतिवडा निर्वाचित हुनु भएको छ । यसैगरी नवनिर्वाचित अध्यक्ष भट्टराईले महासचिवमा विश्वबल्लभ नेपाल, कोषाध्यक्षमा श्यामकुमार तिम्सिना र कानुनी सल्लाहकारमा बिमला घिमिरेलाई मनोनित गर्नु भएको छ । साधारणसभा २०१९ का अध्यक्ष अमितकुमार अधिकारीको अध्यक्षमातामा सम्पन्न भएको थियो ।