बाहुण्डाँगी । नवलपुर जेसिज बर्ष २०२० को अध्यक्षमा नारायण प्रसाद न्यौपाने निर्वाचित हुनु भएको छ ।
शनिबार भएको शाखाको वार्षिक साधारणसभाले न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरिएको हो ।
त्यसैगरी नवलपुर जेसिज बर्ष २०२० का लागि कार्यकारी उपाध्यक्षमा बिनोद बास्ताकोटी र ओमकार घिमिरे निर्वाचित हुनु भएको छ ।उपाध्यक्षमा जेसि निरञ्जन बगाले, राजु चापागाई, विनयी अधिकारी र अनु सिग्देल गरी चार जना सर्वसहमत चयन हुनु भएको छ ।
शाखाकी अध्यक्ष राधिका उपाध्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष त्रिभुवन तिवारी नोमिनेशन चियर पर्शनको रुपमा रहनु भएको थियो भने निर्वाचन आयुक्तको रुपमा जेसि कृष्ण प्रसाद अर्याल रहनु भएको थियो ।
- नवलपुर एफ बाट