• बाहुण्डाँगी । देवदह जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर बिजय गुरुङ जेसीज अभियानमा लोकप्रिय युवाका रुपमा परिचित हुनुहुन्छ । १८ वर्षको उमेरदेखि जेसीज अभियानमा होमिएका गुरुङले देवदह जेसीजको स्थापना गरेर आज यस क्षेत्रका हरेक युवाहरुलाई जेसीज अभियानमा मात्र जोडेनन्, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हरेक शाखाका जेसीज युवाहरुसँग एउटा मित्रता र भातृत्वको सम्बन्धलाई स्थापित गर्न सफल बने । सानै उमेरमा व्यवसायिक क्षेत्रमा लागेका गुरुङ जति सफल बने उति नै जेसीज अभियानमा फड्को मार्दै अघि बढे । व्यवसाय र जेसीजलाई एकै सिक्काका दुई पाटा सम्झिएर साथै लिएर हिडेका गुरुङले यो अवधीमा थुप्रै ज्ञान र अनुभव संग्लाल्ने अवसर पाए । २०१७ मा सिदार्थ महाधिवेशनमा एउटा सानो उमेरको युवाले ककसमा बोल्दै गर्दा जति प्रशंसा पाए मत पनि सोही अनुसार पाउँदै २०१८ को उपाध्यक्षको जिम्मेवारी संम्हाले ।

    उपाध्यक्ष पदमा रहेर काम गर्दै गर्दा एरिया डि को आफ्नो एसाइन शाखाहरुमा आफु मात्र पुगेनन नेपाल जेसीजका सफल ट्रेनर समेत लिएर गए र शाखाको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाए । २०१९ मा नेपाल जेसीजमा आउने मन हुँदा हुँदै पनि जेसीजको विधानले उनलाई रोक्यो तर उनको अभियानले कुनै कमी हुन पाएन । एक वर्षको अवधी उनी निरन्तर देशभरका शाखाहरुसँग जोडिए । कहिले शाखा भ्रमणमा पुगे त कहिले साथी भाइको सामिप्यतालाई नजिक बनाए । यहि अभियानलाई थप सार्थक बनाउन गुरुङले २०२० मा कार्यकारीणी पदमा आफ्नो उम्मेदवारी दिनु भएको छ । सिनटेर गुरुङ भन्नु हुन्छ–‘ आज देशभरका शाखाहरुमा पुग्दै गर्दा पाएको हौषला र सदभावले मलाई अझ उर्जा मिलेको छ । भोलिका दिनमा उहाँहरुको आशा र भरोशालाई नेपाल जेसीजमा रहेर काम गरेर पुरा गर्नेछु ।’

    सबै सगँ मीठो बोल्ने स्वभावका र समाजमा थुप्रै सामाजिक मानबिय कार्य गर्दै आएका गुरुङ्ले जेसिज मार्फत समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसकेका छन ।
    चुनाबको बेलामा मात्र नभइ अन्य जुन सुकै समयमा पनि आफ्नो छिमेकि शाखाहरुको सुख दुखमा साथ दिइ भाइ चारा बन्दुत्वको भावना सगैं सेवा भाब दिदै आएका उनि नेपाल जेसिज राष्ट्रिय कार्यकारिणी पदको उम्मेद्बारी मध्यकै एउटा बलियो उम्मेद्बारीको रुपमा लिइएको पाइएको छ ।
    सिनटेर गुरुङका अनुसार गौतम बुद्धको मावली स्थाल रुपन्देहीको देवदहलाइ देशब्यापी र अन्तरास्ट्रिय रुपमा परिचित गराउन,देवदहलाई टुरिजम हर्व को लागि बिकास गर्ने आफ्नो लक्ष्य रहेको र देश भरी छरीएर रहेको युवाहरुलाइ जेसिज मार्फत गोलबद्ध गरि देश बिकासको कार्यमा सरिक गराइ युवालाई उत्प्रेरित गराउने काम आफू हुने बताएका छन । १८बर्ष देखि ४०बर्ष सम्मको युवाहरुको एक जमात रहेको जेसिजले आफ्नो ब्यतित्व बिकास , नेतृत्व बिकास र उद्दमशिलताको बिकास काम गरिरहेको छ ।
    नेपाल जेसिजको आयोजनामा र रत्ननगर जेसिज चितवनको आतिथ्यमा पौष ९ गते देखि १२ गते सम्म नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुदैछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…