बाहुण्डाँगी । तिलोत्तमा जेसीज २०२० को अध्यक्षमा लोकनाथ भण्डारी (राजु) निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न वार्षिक साधारणसभाले भण्डारीलाई निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा प्रकाश गौतम, रमेश न्यौपाने, उपाध्यक्षहरुमा टिका पौडेल राम बहोदुर रोका, मनोज भट्टराई र र दिपक घिमिरे निर्वाचित भएका निर्वाचन अधिकृत संस्थापक अध्यक्ष सिनेटर विनोद ढकालले बताउनु भयो । । यसैगरी महासचिवमा बासुदेव शर्मा, कानुनी सल्लाहकारमा प्रकाश न्यौपाने र कोषाध्यक्षमा महेश शर्मा पौडेललाई मनोनित गरिएको शाखाका पूर्व अध्यक्ष यादव भट्टराईले बताउनु भयो ।
कार्यक्रम शाखाका अध्यक्ष जयप्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।