देबु बानियाँ
बाहुण्डाँगी । रत्ननगरमा हुन लागेको ४६ औँ राष्ट्रिय महाधिवेशनमा सबै क्षेत्रका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि महाधिवेशन आयोजक समिति अहोरात्र लागि परेको छ । महाधिवेशनमा कार्यक्रम जति नै उत्कृष्ट भए पनि खाना र बस्नको सहि व्यवस्थापन हुन सकेन भने त्यसलाई सफलता भएको मानिन्दैन । किनभने ४ दिनसम्म चल्ने महाधिवेशनको मुख्य चुनौती पनि खान र बस्नकै हुने गर्छ । यसैले पनि यो महाधिवेशनमा यी कुराहरुलाई उत्कृष्ट बनाउन आ आफ्नो क्षेत्रका जिम्मेवारीलाई पुरा गर्न सम्बन्धित समितिका पदाधिकारी जिलो ज्यान दिएर लागि परेका छन ।
रत्ननगरको बसाइमा ४ दिनसम्म खानको लागि कुनै समस्या नहुने खाना व्यवस्थापन समितिका संयोजक नारायणबाबु श्रेष्ठले बताउनु भयो । उहाँले अहिलेसम्मका महाधिवेशनमा नभएको नौलो अभ्यासका साथ सहभागिलाई खान खुवाउनका लागि व्यवस्थापन गरिएको बताउनु भयो । ‘हामीले नयाँ आइटम केही दिदैनौँ, तर त्यहि खानालाई फरक स्वाद र व्यवस्थित रुपमा सहभागिलाई खुवाउने तयारी गरेका छौँ’– रत्ननगर जेसीज २०१६ का अध्यक्ष समेत रहनु भएको संयोजक श्रेष्ठले भन्नु भयो–‘यस अघिका महाधिवेशनमा एउटै स्टलमा सबै सहभागिले खाना खानका लागि लाइनमा बस्नु पर्ने बाध्यतालाई यो पटक हामी अन्त्य गर्दैछौँ । जसका लागि ४ वटा क्षेत्रका सहभागिलाई ४ स्थानमा खानाको लागि स्टल राखिनेछ । यसैगरी, शाखाका अध्यक्ष, राष्ट्रिय पदाधिकारी र पाहुनाका लागि पनि फरक फरक स्टल रहनेछ । जसले गर्दा खाना खानको लागि लामो समय लाइनमा बस्नु पर्ने छैन ।’
रन्तनगरमा हुने महाधिवेशनका लागि आतिथ्यता शाखा रत्ननगरले एक वर्ष अघि नै खानाका लागि हरेक क्षेत्रका सहभागिलाई फरक फरक ठाउँमा खुवाउने व्यवस्थापन गर्ने बताउँदै आएको थियो । अहिले सोही अनुसार व्यवस्थापनको पाटोमा लागि परेको छ । यसका लागि सहभागिले पाउने आइडी कार्ड ४ वटै क्षेत्रका लागि फरक फरक कलरमा हुनेछ भने राष्ट्रिय पदाधिकारी र आतिथ्यता शाखाका लागि पनि फरक कार्डको व्यवस्था गरिएको संयोजक श्रेष्ठले बताउनु भयो ।यसो त राष्ट्रिय पदाधिकारीहरुमा उपाध्यक्ष र कार्यकारीणी उपाध्यक्षले आफ्नै निरुपित एरियामा र शाखा अध्यक्षले आफ्नै एरियामा खान पाउने छन् ।
‘हामीले नयाँ आइटममा खाना खुवाउने भन्दा पनि त्यहि खानालाई स्वास्थ्यकर र प्रभावकारी रुपमा खुवाउने तयारी गरेका छौँ’ श्रेष्ठले’ श्रेष्ठले भन्नु भयो–‘खानामा चितवनको ब्राण्ड अण्डा, यहाँको लोकल माछा, यहाँ उत्पादन भएको कुखुरा र खसीको मासु रहनेछ । खानाका लागि जिम्मा दिइएका कालीगढलाई हामीले बारम्बार खानामा उत्कृष्टता हुनु पर्छ भनेर भनिरहेका छौँ । हामीलाई विश्वास मात्र होइन पूर्ण भरोसा पनि छ कि यो वर्षको ४ दिनको बसाइमा खाना खाने कुरामा कुनै कम्प्लेन आउन दिने छैनौँ ।’
यसो त खानाको पाटोलाई व्यवस्थापन गर्न संयोजक श्रेष्ठले १२ जनाको उपसमिति निर्माण गरेर सबै टिममा काम गरिरहनु भएको छ । जसमा ६ जना सिनियर जेसीज र ६ जना जुनियर जेसीजका तर्फबाट उक्त समितिमा कामको बाँडफाँड गरिएको छ । जसमा दिलिप सुवेदी, अजय गुप्ता, महेश पौडेल, किरण लामिछाने, राजु कायस्थ, सुदेशजंग पाण्डे, प्रदिप श्रेष्ठलगायतको टिम रहेको छ ।
एउटा एरियाको सहभागिले अर्काे एरियामा गएर खानको लाइनमा बस्न पाउने छैन । जुन क्षेत्रका लागि तोकिएको छ सोही स्थानमा जानु पर्नेछ । यसले गर्दा यस अघि खानाको लाइनमा बस्दा धेरै समय लाग्ने भएकाले कार्यक्रमलाई नै असर पर्ने गरेको थियो । यो पटक यसको हल हुनेछ । हामीले कम्तिमा पनि ४५ मिनेट भित्रमा सबैलाई एकै पटक खाना खुवाइसक्ने छौँ । यसका लागि निश्चित समय निर्धारण गरिसकिएको र यसको सेडुल सबै शाखामा पुराइसकिएको उहाँले बताउनु भयो ।
यसैगरी महाधिवेशन स्थलमा यस क्षेत्रमा उत्पादन हुने विभिन्न खानेकुराका स्टलहरु राखिने र फरक स्वाद चाख्न पाइने संयोजक श्रेष्ठले् बताउनु भयो ।
स्मरण रहोस महाधिवेशनको अर्काे महत्वपूर्ण पाटो भनेको होटलको रहेको छ र उक्त होटलको व्यवस्थापनलाई आवास समितिका संयोजक विश्वास रायामाझीले कुनै समस्या नहुने र सबै सहभागिलाई बस्नको व्यवस्थापन गरिएको बताउनु भएको छ ।