• बाहुण्डाँगी । महाकाली मेची पैदल यात्रामा निस्एिका झापाका दुई युवाहरुलाई दाङ्को लमहीमा स्वागत गरिएको छ । लमही जेसीजले उनीहरुलाई अबिर र खदा सहित स्वागत गरेको थियो ।
    नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचार प्रसारको अभियानमा गत मंसिर २० गते महाकालीबाट यात्रा सुरु गरेका झापाका सुरेश उप्रेती र खगेन्द्र निरौलालाई आइतवार लमही जेसीजले स्वागत गरेको हो । ३० दिनमा यात्रा पुरा गरिसक्ने लक्ष्य लिएका उनीहरु आज १० औँ दिनमा लमही आइपुगेका थिए । शनिवारको निरन्तरको झरीका कारण २ किलोमिटर भन्दा बढी हिड्न नसकिएको अभियान्ता उप्रेतीले बताउनु भयो । उनीहरु दैनिक सरदर ४० किलोमिटरको दुरी पुरा गरिरहेका छन् । लमहीमा लमही जेसीजका अध्यक्ष शिवशंकर गुप्ता, पूर्व अध्यक्ष हरिबहादुर कंवर र उपाध्यक्ष केशव दिपक शर्माले खदा ओडाएर स्वागत गर्दै यात्रा सफलताको शुभकामना दिएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…