• तेजन खड्का
    उर्लाबारी । पढाईमा अब्बल भएपनि कतिपय विद्यार्थी आर्थिक अभावकै कारण पढ्न समस्यामा परिरहेका हुन्छन् । जसले गर्दा पढ्न रहर हुँदा हुँदै पनि चटक्क विद्यालय छोड्न विवश हुन्छन् । विद्यालयमा लाग्ने फि देखी विविध खर्च परिवारले धान्न सकिरहेको हुँदैन् । सरकारले निशुल्क शिक्षाको लागि प्रभावकारी निती ल्याउन नसक्दा यो समस्या अहिले यथावत छ । यि र यस्तै समस्यालाई ध्यानमा राख्दै रोजगारीका लागि विदेशमा रहेका साविक इटहरा हाल मोरङ रतुवामाई—१० का दुई युवाले आफ्नो तर्फबाट सहयोग गर्न लागिपरेका छन् । कतारमा रहेका समिन बराल र दुवईमा रहेका घनश्याम न्यौपानेले रतुमाईकै स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा ११ ÷ १२ मा अध्ययन गर्ने २ जना गरिव तथा जेहेन्दार विद्यार्थीको लागि बर्षेनी छात्रबृत्ति प्रदान लागेका हुन् ।
    पढाईमा एकदमै राम्रा तर घरको अवस्था नाजुक भएर समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न लागेका हौ, महेन्द्र माविका पूर्व विद्यार्थी समेत रहका समिनले भने ‘ आर्थिक अभावकै कारण विद्यार्थीको पढ्न रहर नसकियोस,पढेर केहि गर्छु भन्ने सपना साकार पारोस । ’
    उनले १ बर्ष पढ्न र विद्यालयमा लाग्ने खर्च तिर्न पुग्ने गरी सहयोग गर्ने बताए । समिनका अनुसार हाल दुई जनाबाट सुरुवात गरेर सहयोग संख्या बढाउदैं लगिनेछ । जसको लागि उनीहरुले साईन्स र म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने विद्यार्थी विद्यालयलाई छनौट गर्न लगाएका छन् ।
    यहि अभियानमा लागेका घनश्याम न्यौपानेले आफुहरुले भाईबहिनीको पढाईमा सहयोग गर्दा भविष्य बन्छ भने किन सहयोग नगर्ने भनेर सहयोग गरेको बताए । घनश्याम भन्छन्‘ अलि अलि खेती किसानी गर्ने मान्छेलाई त भनेको बेला पैसा जुटाउन हम्मे पर्छ । झन ज्याला मजदुरी गरेर छोराछोरी पढाउनेलाई झन कति समस्या होला । हाम्रो खास सहयोग एकदमै आवश्यकलाई हुनेछ ।
    महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र भट्टराईले विद्यार्थीको छनौट गर्ने कार्य भईरहेको बताए । प्रधानाध्यापक भट्टराई भुपु विद्यार्थीले बराल र न्यौपानेले थालेको यो अभियान मन छोएको बताउदैं यस्ता कार्यको अनुसरण गरे आर्थिक अभावकै कारण पढ्न बाट कोहि बन्चित नुहने बताए ।

    बराल भन्छन यसरी सोच आयो यो कामको
    विदेश नेपालीको लागि रहर होईन बाध्यता हो । देशमा रोजगारीको अवसर नहँुदा हामी नेपाली युवाहरु विदेशीन बाध्य छौ । विदेशमा रहँदा आफ्नो गाउँघरको यादले धेरै सताउछ । गाउँघरको पीडा देख्दा सहयोग गर्न मन लाग्छ । र आफ्नो गाउँ ठाउँको लागि हामीले आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्दै आएका छौ । कोहि बाबुआमाले जति पैसा खर्च गरेर पनि पढिदिदैंन् कोहि भने पैसाकै कारण बिचमै पढाई छोड्छन् । कोहि अर्काको घरमा खेतालो गोठालो गरेर भए पनि पढेर केहि गर्ने सपना साँचेका हुन्छन् । उनीहरुको सपना पैसाकै कारण तुईन पुग्छ । यो समस्या अहिले जता जतै छ । हामीले आफ्नो क्षेत्रबाट सानो थालनी गर्यौ भने केहि भाईबहिनीलाई पढाईमा सहजता मिल्नेछ भन्ने सोचले छात्रबृत्तिको कार्यक्रम ल्याउन लागेका हौ । त्यसै अनुरुप म र मेरा मित्र घनश्याम न्यौपानेले सल्लाहा गरेर अघि बढिसकेका छौ । हामी सधैं विदेशमा रहँदैनौ तर यो कामको थालनी गरयौं भने विदेशमा जाने जो कोहि युवाहरुले निरन्तरता दिउन भनेर पनि हो । सबैले यसरी आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्दै जाने हो भने आफ्नो गाउँ ठाउँ समृद्ध बनाउन सक्नेछौ । आमामि दिनमा सहयोगी मनहरु थप्दै यो कार्यलाई अझै ब्यापक बनाउने हाम्रो लक्ष्य रहेको छ । हेरौं काहाँ सम्म सफल हुन्छौ समयले बताउला ।

     

     

     

     

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…