• इनरुवा,:  सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो ।

    तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बाबु काफ्लेले जानकारी दिनुभयो । पदमार्ग अध्ययन टोलीले धरान–४ वसन्तटारस्थित अग्र्यानिक गाउँदेखि दानाबारी गढी थुम्की हुँदै सेर्गेसम्म स्थानीयवासीसँग छलफल गर्दै अध्ययन गरेको छ । दानाबारी, हर्दियादेखि सेर्गे गाउँ हुँदै नाम्जेको बीचमा इको ट्र्याक र क्यानोनिङका लागि उपयुक्त स्थल पनि फेला पारेको पर्यटन प्रवद्र्धन समिति, धरानका सदस्य लेखमणि जिमीले बताउनुभयो ।

    दानाबारी पछिल्लो समयमा धरानेका लागि हाइकिङ (पदयात्रा) गन्तव्य बन्दै गएको छ । यहाँको भ्यू प्वाइन्टबाट मौसम खुल्दा धरानका साथै तराईको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ । यो पदमार्गमा दानाबारी सम्मको एक दिनको हाइकिङ गर्न सकिन्छ भने दुई दिन एक रात वा तीन दिन दुई रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ । पदमार्गमा पहिचान भएका क्षेत्रमा पर्यटन सम्बन्धि सचेतना कार्यक्रमसहित भौतिक संरचना निर्माण गरिने पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक किशोर थुलुङले बताउनुभयो ।

    पर्यटन प्रवद्र्धन समितिले गन्तव्यस्थलको पहिचान र साहसिक खेल प्रवद्र्धन गर्ने कार्ययोजना बनाएर अघि बढ्न सके धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास सँगै पर्यटन व्यवसायलाई आर्थिक स्रोतको मूल आधार बनाउन सकिनेमा कुनै दुई मत देखिँदैन । त्यसैले धरान उपमहानगरपालिकाले थालेको कामलाई प्रचारका लागि प्रचार मात्र नगरी यसलाई अन्तिम रुप दिन जरुरी देखिन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…