विश्वको नै सबभन्दा पुरानो धर्म हो हिन्दू धर्म । हिन्दू धर्म मान्ने मानिस नभएको देश संसारमा नै छैन होला भनेर भनिन्छ । जहाँ हिन्दु धर्म मान्ने मानिसहरु जुन देशमा छन त्यहाँ मन्दिरहरु स्थापना भइरहेका छन् । विश्वको नै शक्ति राष्ट्र अमेरिकामा धेरै पहिले देखि हिन्दू मन्दिर स्थापना भएको पाइन्छ । त्यहाँका कतिपय मानिसहरु हिन्दूधर्मलाई मनपराउने मात्र नभएर हिन्दू धर्म नै अंगालिरहेका छन् । अमेरिकामा हिन्दू धर्मका अनुयायीहरु बढदै गरेको ज्वलन्त प्रमाणको रुपमा यहाँको न्युजर्सि राज्यको रविन्सभिल्ले भन्ने स्थानमा हालै विश्वकै ठूलो हिन्दू मन्दिर बनाइएको छ । सन २००७ देखि निर्माण थालनी गरिएको थालिएको उक्त मन्दिर केहि समयअघिनिर्माण सम्पन्न भएको हो ।
https://youtu.be/oayZM96dZhQ
११ सय ६२ एकड जमिन क्षेत्रफलमा निर्माण भएको उक्त हिन्दू मन्दिरलाई विश्वकै ठूलो स्वामिनारायणको मन्दिर मानिएको छ । उक्त मन्दिर बनाउन १६ करोड डलर लागेको बताइएको छ । उक्त बिशाल मन्दिर निर्माण गर्न २ हजार कलाकारहरुलाइ काममा लगाइएको बताइएको छ । मन्दिर भित्र १ हजार जना बसेर पुजा गर्न मिल्ने बताइएको छ । मन्दिर इटालियन मार्वलले बनेको छ । अक्षरघाम मन्दिर निर्माण समूहको संयोजनमा अमेरिकाकै अन्य विभिन्न शहरहरु एटलांटा, ह्यूस्टन, शिकागो, लास एंन्जलस लगायत क्यानाडाको टोरन्टो मा समेत स्वामिनारायण मन्दिर बनेका छन। यस भन्दा अघि हिन्दूको सबैभन्दा ठूलो मन्दिर छिमेकी भारतको तमिलनाडुको श्रीरंगम भन्ने ठाउँमा रहेको थियो।
27
Shares