बाहुण्डाँगी । भक्तपुर जेसीजले आयोजना गरेको ‘भक्तपुर बाल नृत्य महोत्सव’ मा इर्डन गाड्रेन स्कुल विजेता बनेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरेको महोत्सवमा ४० वटा विद्यालयलाई पछि पार्दै इर्डनले उपाधि माथि कब्जा गरेको हो । उपाधीसँगै इर्डनले २५ हजार बराबरको पुरस्कार प्राप्त गरेको छ । महोत्सवमा ४५० विद्यार्थीहरुले प्रत्यक्ष सहभागिता जनाएका थिए ।
शाखाका अध्यक्ष विनोदकुमार मुनंकर्मीको सभापतित्व तथा नेपाल संगित, नाट्य तथा नृत्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष शिवजी श्रेष्ठ, भक्तपुर लेडी जेसीजकी संस्थापक अध्यक्ष विद्याराज भण्डारी, भक्तपुर जेसीजका पूर्व अध्यक्षहरु ओबिनराज कायस्त, श्रीचरण अमात्य, धनेशराज उपाध्यय, रामेश्वर धुजु, भक्तपुर लेडी जेसीजकी अध्यक्ष ज्योति सोग्गमिखालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संयोजक शुभराम मुनंकर्मी रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन भक्तपुर लेडी जेसीजकी पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रश्मि सिल्पकारले गर्नु भएको थियो ।