देबु बानियाँ ।
रत्नगनर महाधिवेशनले यतिबेला माहोल निकै तताएको छ । एक वर्षमा आउने नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आफैमा महत्वपूर्ण हुने गर्छ । त्यसमा पनि यो वर्षको महाधिवेशनलाई नेपाल जेसीजले महत्वका साथ हेरेको छ । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्षको पूर्व सन्ध्यामा हुन लागेको महाधिवेशन कस्तो हुने र २०२० को गोरेटो कसरी निर्धारण हुन्छ भन्ने धेरैको चासोको विषय बन्ने गरेको छ । रत्ननगर महाधिवेशनले यो वर्ष पर्यटन वर्षको स्वागतसँगै नेपाल जेसीजका लागि २०२० को नेतृत्व ल्याउनेछ ।
महाधिवेशन आउन अब १० दिन बाँकी छ । सिदार्थमा भएको ४४ औँ महाधिवेशनबाट ४६ औँ महाधिवेशन गर्ने अवसर पाएको रत्ननगर जेसीजका लागि यो वर्ष थुप्रै चुनौतीहरु छन् । जसमा सिदार्थ महाधिवेशनदेखि परिस्कृत हुँदै आएको जेसीजका राष्ट्रिय महाधिवेशन जनकपुर पुग्दै गर्दा सोचे भन्दा उत्कृष्ट बन्दै गयो । जसको आधारलाई नै मान्ने हो भने पनि रत्ननगर त्यो भन्दा उत्कृष्ट बनाउनु पर्ने आथित्यता शाखालाई नैतिक दवाव छ । अर्काेतिर पर्यटकीय नगरी सौराह भएकाले पनि अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष सहभागि संख्या धेरै हुने छन् । जसको आधार प्रि रजिष्ट्रेशनमा देखा परिसकेको छ । एक काम दुई पन्त भन्ने उखानलाई चरितार्थ गर्ने महाधिवेशन बन्ने छ धेरैका लागि । थुप्रै जेसीजकर्मीहरुले यो वर्ष सौराह पनि घुम्ने र महाधिवेशन पनि हेर्ने इच्छा गरेका छन् । त्यसले गर्दा पनि व्यवस्थापनको पाटोलाई मजबुत बनाउनु पर्ने अवस्था देखिन्छ । अघिल्ला वर्षहरुमा राष्ट्रिय अध्यक्षका लागि २ जना मात्र उम्मेदवार हुने गरेता पनि यो वर्ष ४ जनाको प्रतिस्पर्धा छ । आफना उम्मेदवारहरुलाई जिताउनका लागि भए पनि यो वर्ष सहभागि संख्या बढ्ने सहजै अनुमान गर्न सकिन्छ । अन्य वर्ष एरिया सि बाट कमै सहभागिता हुने महाधिवेशनमा यो वर्ष दुई सय भन्दा बढीको रजिष्ट्रेशन भइसकेको छ ।
आत्यिथता शाखा रत्ननगर जेसीजका पूर्व अध्यक्ष एवम् महाधिवेशनका महासचिव निरज श्रेष्ठले ७० प्रतिशत काम पुरा भइसकेको बताउनु भयो । उहाँले हरेक कामलाई तीब्र गतिमा अघि बढाइरहेको बताउँदै पुस ६ गतेभित्रमा लगभग सबै काम सम्पन्न गर्ने तयारीमा रहेको बताउनु भयो । ‘हामी ऐतिहासिक मात्र होइन, उत्कृष्ट महाधिवेशन गर्नेछौँ’ महासचिव श्रेष्ठले भन्नु भयो–‘धेरैका लागि रोजाइको महाधिवेशन बनेको यस वर्षको महाधिवेशनमा सहभागि हुने सबै जेसीज मनहरुलाई आत्मासन्तुष्टि दिलाउनेछौँ ।’
होटल स्टार व्याङकुइटमा हुने महाधिवेशनको व्यवास्थापीय, रजिष्ट्रेशन, आर्थिक पाटो, स्मारिका छाप्ने काम, खान बस्नको व्यवस्थापन लगायतका कामहरु धमाधम भइरहेका छन् । त्यसमा रजिष्ट्रेशन करिब १५ सयले गरिसकेका श्रेष्ठले बताउनु भयो ।
महाधिवेशनमा सबै क्षेत्रका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि महाधिवेशन आयोजक समिति अहोरात्र लागि परेको छ । महाधिवेशनमा कार्यक्रम जति नै उत्कृष्ट भए पनि खाना र बस्नको सहि व्यवस्थापन हुन सकेन भने त्यसलाई सफलता भएको मानिन्दैन । किनभने ४ दिनसम्म चल्ने महाधिवेशनको मुख्य चुनौती पनि खान र बस्नकै हुने गर्छ । यसैले पनि यो महाधिवेशनमा यी कुराहरुलाई उत्कृष्ट बनाउन आ आफ्नो क्षेत्रका जिम्मेवारीलाई पुरा गर्न सम्बन्धित समितिका पदाधिकारी जिलो ज्यान दिएर लागि परेका छन ।
महाधिवेशनमा नयाँ नेतृत्व चयन हुनेछ । जसका लागि देशभरबाट २ महिना अघि नै नेपाल जेसीजमा उम्मेदवारी दर्ता गराइसकेका छन् । तिनै दर्ता गराइएका उम्मेदवारहरुका लागि ३ दिने तालिम चितवनको खैरहनी नगरपालिकामा रहेको डिस्ने पार्क रिसोर्टमा उम्मेदवार प्रशिक्षण तालिम हुने नेपाल जेसीजका २०१९ का महासचिव सिनेटर अभिषेक श्रेष्ठले बताउनु भयो ।