• पछिल्लो समयल ढाड वा गर्दनमा एक्कासी सहनै नसक्ने पीडा भएर अस्पताल पुग्नेको संख्या थुप्रै छन् । कसैलाई यस्तो दुखाई कम हुन्छ भने कसैलाई सहनै नसक्ने गरी हुन्छ । यो समस्या सबै उमेर समूहका मानिसमा देखिए पनि विशेष गरेर मध्य उमेर समूह र वृद्धवृद्धामा बढी देखिन्छ ।

    कारण
    अप्ठ्यारो पोजिसनमा बस्दा वा सुत्दा ,कुनै गाह्रो वा बढी तौल भएको बस्तु उचाल्दा ,शरीरमा पानीको कमी हुनु विभिन्न प्रकारको भिटामिन, मिनरल्स्को कमी भएमा , एकै ठाउमा धेरै समय बसेर काम गर्दा यो समस्या हुन्छ

    लक्षण

    कनै कुनैमा मानिसमा कुनै लक्षण नै नदेखिकन समस्या आउन सक्छ भने केहीमा निम्न समस्या देखिन्छ ः–
    काम गर्दा ढाड वा गर्दन दुख्छ तर त्यस्तो दुखाई केही समयपछि निको हुन्छ ।

    ढाड वा गर्दनमा मन्द दुखाई हुन्छ सुतेर उठ्दा पनि ढाड वा गर्दन दुख्छ ।

    बच्ने उपाय

    सुताई वा बसाईको सन्तुलन मिलाउने ।

    धेरै कडा वा धेरै नरम ओछ्यानमा नसुत्ने ।

    शरीरलाई बढी भार पर्ने कुरा एक्कासी नउचाल्ने ।

    लामो समय एकै ठाउँमा बसेर काम नगर्ने ।

    काम गर्दा एक÷एक घण्टामा एक छिन उठेर यताउता चल्ने वा आराम गर्ने । लामो यात्रा गर्दा पनि बीचबीचमा आरम गर्ने । शरीरलाई आवश्यक पर्ने सन्तुलित खाना खाने ।
    नियमित व्यायम गर्ने ।

    तौल नियन्त्रणमा राख्ने ।

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …