• उर्लाबारीःमोरङ उर्लाबारी वडा नं. २ पूरानो मंगलबारेमा न्यानो कपडा वितरण गरिएको छ ।




    बुधबार न्यानो अभियान नेपाल, उर्लाबारीले १५ जनालाई जेष्ठ नागरिकलाई कम्बल र २० जना बालबालिकाहरुलाई ज्याकेट वितरण गरिएको हो । गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई कम्बल र ज्याकेट वितरण गरिएको अभियानका वरिष्ठ उपाध्यक्ष सञ्जिब बढाथोकीले जानकारी दिएका छन् । कार्यक्रममा उर्लाबारी वडा नं. २ का वडा सदस्य बाबुराम श्रेष्ठ, समाजसेवी खगेन्द्र थापा, अभियानका अध्यक्ष पूर्ण सिंगक लिम्बू, वरिष्ठ उपाध्यक्ष सञ्जिब बुढाथोकी, उपाध्यक्ष सरोज बस्नेत, कोषाध्यक्ष कमलजोजो वाइबा, सदस्यद्वय विजय धिमाल, शंकर निरौला, सल्लाहकार पूर्ण वाइबा, ज्ञानु योञ्जन, सामुदायिक विकास मञ्चका कोषाध्यक्ष प्रभू राईलगायतले कम्बल तथा ज्याकेट हस्तान्तरण गरेका थिए । न्यानो कपडाको अभावमा पीडित हुनु नपरोस् भनेर विगत चार बर्षदेखि न्यानो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको अभियानका अध्यष पूर्ण सिंगक लिम्बूको भनाई छ ।


सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…