• जनकपुरधाम । अञ्चल अस्पताल जनकपुरका दुई डाक्टरलाई जेलको सजाय सुनाइएको छ ।

    बलात्कार मुद्दामा २०७५ भदौ ८ गतेमा अञ्चल अस्पतालमा गराएको स्वास्थ्य परीक्षणपछि जनकपुरधाम अञ्चल अस्पतालमा कार्यरत हाल निलम्बीत डा. विजय कुमार सिँह र डा. रम्भा गोईतले बालिका बलात्कारको नक्कली रिपोर्ट बनाएका आरोपलाई अदालतले सदर गर्दै दोषी ठहर गरेको छ।

    विशेष अदालत काठमान्डौंका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको छ । उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थिए।

    २०७५ साल ८ भदौमा धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका वडा नम्बर २ बल्हागोठमा १२ वर्षीया बालिका बलात्कृत भएकोमा भोलिपल्ट बिहानै जनकपुर अञ्चल अस्पताल पुर्‍याइएकी बालिकाको डाक्टरद्वय विजयकुमार सिंह र रम्भा गोइतले स्वास्थ्य परीक्षण गरे । शारीरिक परीक्षण प्रतिवेदनमा पीडित बालिकाको यौनाङ्ग ‘नर्मल’ रहेको अर्थात् बलात्कार नभएको बताए ।

    अञ्चल अस्पतालको प्रतिवेदनमाथि विश्वास नलागेर घटना भएको १६ दिनपछि बालिकालाई २४ भदौमा जिल्ला अस्पताल सिरहा लगियो । त्यहाँका डाक्टर राकेशकुमार सिंहको परीक्षण प्रतिवेदनमा ‘हाइमन रप्चर’ (योनिच्छेद च्यातिएको) भएको, गाला र ओठमा घाउ देखिएको तथा वीर्य कोष फेला परेका बताए ।

    यसरी जनकपुर अञ्चल अस्पतालको प्रतिवेदन उल्टाउने गरी सिरहा अस्पतालबाट फरक परीक्षण प्रतिवेदन आएपछि अञ्चल अस्पतालका डा. सिंह र डा. गोइतको लापरवाही उदांगिएपछि मुद्दा परेको थियो ।

    अपराधीलाई जोगाउन उनीहरुले गलत प्रतिवेदन तयार पारि दिएको अध्ययनमा पाइएको थियो । जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक–फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

    धनुषाको जनकनन्दनी गाउँपालिकामा काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेका बेला २३ वर्षीय किरण खत्वेले बलात्कार गरेका थिए । आमाको मृत्यु भएको र बुबा रोजगारीका लागि विदेशमा रहेकाले उनी काकीसँगै बस्दै आएकी थिइन् ।

    तर ती बालिकासँग घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौँ ९ गते जनकपुर अञ्चल अस्पताल लगेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …