देबु बानियाँ ।
बाहुण्डाँगी । यहि पुष ९ गतेबाट रत्ननगरमा हुने नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनमा पहिलो पटक ‘मिस्टर एण्ड मिस जेसीज’ प्रतियोगिता हुने भएको छ ।
रत्ननगर जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनमा देशभरबाट सहभागि भएका जेसीजभित्रबाट यो प्रतियोगिता गर्न लागिएको हो ।
यो प्रतियोगिताको आयोजक भने रत्ननगर जेसीज रहनेछ । जेसीज मनहरुमा भएको आन्तरिक प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ पहिलो पटक गर्न लागिएको प्रतियोगितामा हरेक शाखाबाट एक पुरुष । एक महिलाले सहभागिता जनाउन पाउने महाधिवेशन महासचिव निरज श्रेष्ठले बताउनु भयो । तीन चरणमा हुने प्रतियोगितामा आफुसँग भएको प्रतिभालाई प्रस्तुत गर्नु पर्नेछ । यसैगरी छनोट प्रक्रियामा वक्तृत्वकला र प्रश्न उत्तर रहने महासचिव श्रेष्ठले बताउनु भयो । यसका लागि पुष ५ गतेसम्ममा आतिथ्यता शाखालाई पत्र पठाउइसक्नु पर्नेछ । प्रतियोगितामा विजेताले विभिन्न पुरस्कारसहित पहिलो मिस एण्ड मिसेस जेसीजको अवार्ड प्राप्त गर्नेछन् ।