• दमक,२८ पुस / आज शुक्रवार अपरान्ह दमकमा नेपालको चर्चित साङ्गीतिक ब्राण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्दे छ ।

    स्थानीय सरस्वती माध्यमिक बिद्यालयको प्रागङ्गणमा हुने सो कन्सर्टमा व्याण्डका चर्चित गायक अमृत गुरुङले लगातार २ घण्टा लामो नयाँ ,पूराना गीतहरु प्रस्तुत गर्ने छन् । अपरान्ह् ५ ः ३० वजेदेखि कन्सर्ट शुरु हुने स्थानीय कार्यक्रम व्यवस्थापक रवि श्रेष्ठले जानकारी दिए । दमकलाई सांगीतिक उत्सव वनाउने उदेश्यले दमकमै पहिलो पटक नेपथ्यले लाइभ कन्सर्ट गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।

    नेपथ्य व्याण्ड २५ वर्ष पूरा भएको अवसर पारेर नेपथ्यले देशको मुख्य तीन शहरमा लाइभ कन्सर्ट गर्न लागेको हो ।

    दमकबाट सुरुहुने यो यात्रा माघ १ गते नारायणघाटहुँदै माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुने नेपालयका निर्देशक अर्पण शर्माले जानकारी दिएका छन् ।
    वाईवाई चाउचाउ मुख्य प्रायोजक रहने लाईभ कन्सर्ट स्थानीय पूर्वाञ्चल रक, जेमिडीया म्यानेजमेण्ट र गिल्म्स इन्टरनेमेन्टको संयुक्त संयोजकत्वमा हुन लागेको हो ।
    हरेक वर्ष विभिन्न च्यारिटी शो मात्र गर्दै आएको नेपथ्यले यसपटक भने व्यवसायिक रूपमा लाइभ कन्सर्ट गर्न लागेको हो ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…