• उर्लाबारी । गीतकार कृष्ण उदाशीको शब्द रहेको गीत ‘नत्र ट्राफिक जाम हुन्छ दमक बजारमा’को म्यूजिक भिडियोको छायाँकन सकिएको छ ।

    गायक गौरभ दर्पण र गायीका माया गजुरेलको स्वरमा समावेश उक्त गीतको छायांकन झापाको दमकका विभिन्न स्थानहरुमा गरिएको गीतकार उदाशीले बताए ।

    गीतमा गौरभ दर्पणको संगीत रहेको छ भने भिडियोमा कलाकारहरु विनोद न्यौपाने र अन्जली अधिकारीले मोडलिङ गरेका छन् । गीतको निर्देशन गायक तथा संगीतकार गौरभ दर्पण आफैले गरेका हुन् भने छायांकन सुमन योञ्जनले गरेका छन् ।

    कवि मिलनको कोरियोग्राफी रहेको भिडियो आगामी १६ दिन भित्रमा सार्वजनिक गर्ने निर्देशक गौरभ दर्पणले बताएका छन् । निर्देशक दर्पणका अनुसार भिडियोको छायांकन उत्कृष्ट भएकाले सबै दर्शक स्रोताहरुको मन जित्नेमा ढुक्क रहेको पनि उनले बताए ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…