बाहुण्डाँगी । नेपाल जेसीजको इतिहासमा फेरी अर्काे मुस्लिम अध्यक्ष पाएको छ । पहाडी जिल्लामा रहेको यस शाखाले २०२० का लागि मुस्लिम समुदायका रमहद दिनमिया अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको छ ।
शाखाको शनिवार सम्पन्न १० औँ शाखा अधिवेशनबाट दिनमियालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
२०१४ बाट लमजुङ जेसीजमा लागेका दिनमिया विभिन्न पदमा रहेर कुशल नेतृत्व गरेका थिए । उनी २०१९ कार्यकारीणी उपाध्यक्षमा पदमा रहेर काम गरेका थिए । उनी लमजुङकमो बेसी शहरका कुशल व्यवसायी समेत हुन् ।
शाखाको अन्य पदमा भने राष्ट्रिय महाधिवेशनपछि चयन गरिने शाखाकी अध्यक्ष पायल शर्माले बताउनु भयो ।