• काठमाडौं । न देखेको भए हुन्थियो तिमीलाई बोलको गीतबाट दर्शक स्रोताको मनमुटुमा बस्न सफल गायिका जुना प्रसाईं प्रसाईकोे ‘ताराबाजी लै लै’ को भिडीयो सार्वजनिक भएको छ । जुनाले आफ्नै युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । गीतको रचना दीपक शर्माले गरेका हुन् । बाल्यकालको पलहरुलाई गीतमा जसरी पृथक ढंगले गीतकार शर्माले चित्रण गरेका त्यसरी नै गायिका जुनाले पनि मनछुने गरि गीत गाएकी छिन् । ‘ताराबाजी लै लै’ मा जुनाको कलात्मक गायकी सँगसँगै गीतकार शर्माकै स्वय संगीत रहेको छ ।
    गीतमा सबैले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवन स्मरण दिलाउने छ,जुनाले भनिन्‘ गीतबाट एकदमै राम्रो प्रतिक्रिया पाईरहेको छु । स्रोताको मन जित्ने पूर्ण विश्वास छ । ’

    https://www.youtube.com/watch?v=msZl6ht3u_k
    भिडीयो हेर्ने जोहि कोहिलाई वालापनको याद दिलाउने गायिका जुनाले बताईन् ।
    युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…