कोहोलपुर जेसीजको अध्यक्षमा संगम खनाल निर्वाचित हुनु भएको छ ।
शाखाको शनिवार सम्पन्न ११ औँ शाखा अधिवेशनले खनाललाई अध्यक्ष्मा निर्वाचित गरेको हो ।
कार्यकारीणी उपाध्यक्षमा राजकुमार पौडेल र राकेश विष्ट, उपाध्यक्षहरुमा इश्वरी सुवेदी, विक्रम भुषाल, सृजना सिनाल र कमलबहादुर शाही निर्वाचित भएका निर्वाचन आयुक्त बद्धि बहादुर थापाले बताउनु भयो । यसैगरी महासचिवमा राम पाण्डे, कोषाध्यक्षमा अञ्जु न्यौपाने, कानुनी सल्लाहकारमा धुब्र आचार्य मनोनित भएका छन् ।
यसैगरी जुनियर जेसीजका अध्यक्षमा रविन गौतम सर्वसम्वत निर्वाचित भएका छन् ।
शाखाका अध्यक्ष संगिता पौडेल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष सोम थापा रहनु भएको थियो । कार्यक्रममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष तथा शाखाका पूर्व अध्यक्ष हेमराज खनाल सन्तोष, विष्णु बेलबासी, प्रकाश लामिछाने, संस्थापक कार्यकारीणी उपाध्यक्ष विष्णु खनालको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संगम खनालले सञ्चालन गर्नु भएको थियो ।