बाहुण्डाँगी । चारआली जेसीजका लागि २०२० को नेतृत्व विकास निरौलाले सम्हाल्ने हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाका ७ औँ साधारणसभाबाट निरौलालाई अध्यक्षमा सर्वसम्वत चयन गरिएको हो । शाखाको स्थापना कालदेखि विभिन्न पदमा रहेर कुशल नेतृत्व गरेका निरौला २०१९ मा कानुनी सल्लाहकारमा रहनु भएको थियो । सामाजिक क्षेत्रमा पनि दर्जनौँ सामाजिक संघ संस्थामा निरौलाले नेतृत्व गर्दै आएका छन् ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा सञ्जय निरुौला, भोजराज पराजुली, उपाध्यक्षहरुमा नविन खतिवडा, एजिला पौडेल, कुमार तामाङ र सन्देश न्यौपाने निर्वाचित भएका शाखाका २०१९ का अध्यक्ष उत्तम पकुवालले बताउनु भयो ।
।