• देबु बानियाँ
    बाहुण्डाँगी । रत्ननगरमा हुन लागेका नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनको मुख्य वक्ताका रुपमा नेपालका चर्चित ४ जना युवा नेतालाई एउटै स्टेजमा उभ्याइने भएको छ ।
    नेपाल जेसीजका ४६ औँ महाधिवेशनका थिम सेमीनारका मुख्य वक्ताका रुपमा नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपाका युवा नेता मेहश बस्नेत र साझा पाटीका रविन्द्र मिश्र र नेपालका वरिष्ठ योजनाविद डाक्टर स्वर्णीम वाग्ले आउने निश्चित भएको आथित्यता शाखा रत्ननगर महाधिवशनका महासचिव निरज श्रेष्ठले बताउनु भयो ।
    पुस १० गते दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने थिम सेमीनारमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको राष्ट्रिय प्रकरण ‘नेतृत्वका लागि उदाउँछौ’ भन्ने विषयमा उहाँहरुले आ आफ्ना विचारहरु राख्नु हुनेछ ।
    यो वर्षको थिम सेमीनारलाई उत्कृष्ट बनाउने तयारी गरिएको नेपाल जेसीजका राष्ट्रिय थिम डाइरेक्टर पविन्द्र भट्टराईले बताउनु भयो ।
    नेपाली राजनीतिमा आश लाग्दा र युवाहरुका सारथी यी ३ जना नेता र पछिल्ला पुस्ताका प्रखर वक्ता तथा योजनाविदको सहभागिताले यो वर्षका थिम सेमीनार उत्कृष्ट रहने अनुमान गरिएको भट्टराईले बताउनु भयो । नेपाली कांग्रेसमा पछिल्लो पुस्ताका नेता गगन थापा पाटीभित्र मात्र होइन आम नेपालीका लागि लोकप्रिय नेताका रुपमा परिचित छन् । उनी नेपाल सरकारको स्वास्थ्य मन्त्रि समेत बनिसकेका छन् । नेकपाका युवा नेता बस्नेत पनि पूर्व उद्योग तथा वाणिज्य मन्त्री हुन भने मिश्र लामो समय नेपाली पत्रकारीतामा रहेर विवेकशील पार्टीको नेतृत्व गरिरहेका सफल नेताका रुपमा परिचित छन् ।
    महाधिवेशन पुस ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…