बाहुण्डाँगी । नेपालगञ्ज जेसीज वर्ष २०२० को अध्यक्षमा प्रज्जल श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न शाखाको ३८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठलाई २०२० का लागि अध्यक्षमा निर्वाचित गरिएको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा भोजराज तिमल्सिना र चिरञ्जिवी शर्मा चयन भएका छन् । उपाध्यक्षहरुमा आशिष आनन्द र कुमारसिंह ंिसंह चयन भएका निर्वाचन आयुक्त शाखाका पूर्व अध्यक्ष सुनिलकुमार गुप्ताले बताउनु भयो ।
शाखाका अध्यक्ष रत्नकाजी शाक्यको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।