• बाहुण्डाँगी । देवदह जेसीजले आयोजना गरेको देवदह युथ आइकन द्दण्ज्ञढ को उपाधि सबिना ढकालले प्राप्त गरेकि छिन। ग्रीन प्लान्ट उ।मा।बि मा अध्ययनरत सबिना ढकालले ४२ जना प्रतिसप्रधीलाई पछि पार्दै उपाधि जित्न सफल भएकि हुन ।

    यस्तै फस्ट रनरअप ग्रीन प्लान्ट उ।मा।बि। मै अध्ययनरत अंकिता अर्याल भएकी छन । देवदह जेसीजले देवदहमा रहेका १३ वटा मावि विधालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट विचमा प्रिअडिसन राउण्ड सम्पन्न गरेको थियो ।

    १३ वटा विद्यालयबाट छानिएका ४२ जना विद्यार्थीहरुलाई विभिन्न विधामा तालिम समेत प्रदान गरिएको थियो । प्रत्येक दिन गरिएको मूल्याङन अनुसार फाइनल राउण्डमा जम्मा ५ जनालाई मात्र “भ्रमण बर्ष द्दण्द्दण् ” शिर्षकमा आफना भनाइहरु राख्ने मौका दिइएको थियो र ५ जनाका विचमा विनर र फस्ट रनरअप छुट्याइएको थियो ।

    विनरलाई १० हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने फस्ट रनरअपलाई ५ हजार नगर, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । देवदह जेसीजका अध्यक्ष जेसि केशब अधिकारीको अध्यक्षता र देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    सो अवसरमा बोल्दै नगरप्रमुख खत्रीले देवदह युथ आइकन जस्तो रचनात्मक कार्यक्रममा गरेकोमा देवदह जेसीजलाई धन्यवाद दिदै यस्ता कार्यक्रममा आफनो सदैव साथ र सहयोग रहने बताए विद्यार्थीहरुलाई सकरात्मक बाटोमा लाग्न र उनीहरुलाई आफनो जिम्मेवारी बोध गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने उनले बताए ।

    विद्यार्थीहरुको चौतर्फि विकास गर्नका लागि आफुहरुले देवदह युथ आइकन आयोजना गरेको देवदह जेसीज बर्ष द्दण्ज्ञढ का अध्यक्ष जेसि केशब अधिकारी जानकारी दिएका छन ।
    कार्यक्रममा देवदह जेसीजका संस्थापक अध्यक्ष एवम नेपाल जेसीजका पुर्ब राष्ट्रिय उपाध्यक्ष तथा नेपाल जेसिज बर्ष द्दण्द्दण् का राष्ट्रिय कार्यकारिणी पदका उम्मेद्बार जेसिआइ सिनेटर विजय गुरुङ, प्रथम देवदह युथ आइकन बिजेता खगेन्द्र चापागाईं लगाएतले आआफना भनाइ राखेका थिए ।

    देवदह जेसीजका महासचिव तथा यश कार्यक्रमका संयोजक जेसि राजेन्द्र न्यौपाने संचालनमा जेसि रमेश अर्यालको प्रमुख प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको थियो । जेसी कमल भण्डारीले जेसीजको आस्थापाठ वाचन गरेका थिए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…