•  

    अर्जुन जम्नेली राई

    सिन्धुली। नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय उपाध्यक्ष नवीन रोका मगरले न्याय र समनतासहितको नेपाल निर्माण नभए निकट भविश्यमा भिडन्त हुने चेतावनी दिएका छन ।

    आज (पुस ६) नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) केन्द्रिय समिति सिन्धुलिको खनियाखर्कमा आयोजित राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै मगरले सो कुरा बताएका हुन ।

    आत्मा सम्मानको साथ आफ्नो पूर्खौली भूमिमा बाँच्न पाउने अधिकार अझै प्राप्त नभएको उपाध्यक्ष मगरले बताए ।

    राज्यले अघि सारेको संमृद्द नेपाल र सुखी नेपालीको नारालाई आदिवासी जनजातिले स्वीकार गर्ने तर त्यो नाराको ब्याख्या भौतिक संरचना निर्माण मात्र हुन नहुने बताए ।

    प्रदेशहरुको नाम पहिचानको आधारमा नराख्ने, आदिवासी जनजातीहरुको चाडको बिदा कटौती, लोकसेवामा दिइन्दै आएको आरक्षण कटौती जस्तो कार्य गर्दै गए भिडन्त निस्चित रहेको उपाध्यक्ष रोका मगरले बताए ।

    सामाजिक न्याय, समानता, भाषिक, सांस्कृतिक, समानुपातिक राज्य ब्यवस्था कायम नभएसम्म उत्पीडित आदिवासी जनजातिहरुले परिवर्तनको महसुस नगर्ने पताए ।

    उपाध्यक्ष मगरले नेपाललाई अतिवाद, बाह्य हस्तक्षेप र प्रतिगामीहरुबाट बचाउन आदिवासी जनजातिहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

    पत्रकारहरुले आदिवासी जनजाति किन पछि पर्दै वा पारिन्दै आएको छ, सामाजिक असामानताको बारे खोजेर लेख्नु सुझाव दिए । फोनिजमा आवद्ध पत्रकारहरुले आफ्नो समुदाय पछि पारिनुको कारण खोजेर सार्वजनिक गर्नुपर्ने बताए ।

    फोनिज संघीय अध्यक्ष डन्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा
    राष्ट्रिय आदिवासी जनजाती महिला महासंघका अध्यक्ष चिनिमाया माझी, युवा महासंघका अध्यक्ष किरण सुनुवार, न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष गंगाधर पराजुली, लगायतले विचार राखेका थिए ।

    फोनिजको बरिस्ठ उपाध्यक्ष गजुरधन राईले औचित्य बताएको कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष गोविन्द आचार्य लगायत सहभागी रहेका थिए । फोनिजको राष्ट्रिय भेला २ दिनसम्म चल्नेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…