• देबु बानियाँ । बाहुण्डाँगी ।

    बुधवारबाट सुरु हुने नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसनको सबै तयारी पुरा भएको महाधिवेशन निर्देशक पुष्पराज जोशीले बताउनु भयो । चितवनको रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटमा पौष ९ गतेदेखी १२ गतेसम्म हुन लागेको महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
    रत्ननगर जेसीजका २००३ का शाखा अध्यक्ष समेत रहनु भएका जोशीले यो वर्षको महाधिवेशन उत्कृष्ट मात्र होइन ऐतिहासिक हुने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो । निर्देशक जोशीले महाधिवेशन सफल बनाउन कुनै कसुर बाँकी नराखेको बताउनु भयो ।
    महाधिवेशनका लागि हल व्यवस्थापन, खानाको व्यवस्थापन, होटल व्यवस्थापनदेखि सबै कामहरु सम्पन्न भएको बताउनु भयो ।
    उहाँले अहिले सम्म करिब ३ हजार अट्ने पण्डाल निर्माण भइसकेको बताउदै जसमा उच्च स्तरिय डिजिटल स्कृन सहितको उच्च गुणस्तरीय साउण्ड सिस्टम जडान हुने जानकारी दिदै जसको लागत मुल्य मात्र करिब ३० लाख रहेको बताए । उनले उक्त पण्डाल भित्र उद्धघाटन सत्र, पक्ररण गोष्ठी, उमेद्धवारको ककस लगाएतको कामहरु हुने जानकारी दिनु भयो ।
    जोशीले महाधिवेसनको पहिलो दिन पौष ९ गते नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले कार्यक्रमको उद्धघाटन गर्ने बताउदै दोश्रो दिन पौष १० गते बिभिन्न पार्टीका युवा नेताहरु क्रमशः नेकपाका महेश बस्नेत, कांग्रेसका गगन थापा, बिवेकशिल शाझा पार्टीका रबिन्द्र मिश्र र डाक्टर स्वर्णिम वाग्लेको पक्ररण गोष्ठि तथा जेसीजबाट देशभरबाट आएका महानुभावहरुले आफ्नो संस्कृती सहितको रत्ननगरको शान्तिचोक देखि कार्यक्रम हुने स्थल होटल स्टार बेन्क्युट सम्म नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धात्मक शान्ति र्याली रहने र पौष ११ र १२ गते नया नेतृत्वको लागि निर्वाचन लगाएतको कार्यक्रमहरु रहेको बताए ।

    उहाँले हल ब्यवस्थापन, आवास ब्यवस्थापन, खाना तथा स्वागतको तयारी ब्यवस्थापन लगाएतका काम सकिएको र अब उद्घाटनको पखाईमा मात्र रहेको बताउनु भयो ।
    उहाँले १४७५ जनाले प्री रजिष्ट्रेसन गरि सकेको र अब बांकिले उद्धघाटनको दिन रजिष्ट्रेसन गर्ने जानकारी दिए । यसपालीको अधिवेसनमा भएको प्री रजिष्ट्रेसन एतिहासिक भएको बताउदै उहाँले उद्धघाटनको दिन करिब १५०० भन्दा बढिले रजिष्ट्रेसन गर्ने र करिब ३ हजार भन्दा बढिले सहभागिता जनाउने कुरामा आफु बिश्वस्त रहेको बताए ।

    कार्यक्रमका आवास ब्यवस्थापन समिति संयोजक बिश्वास रायमाझीले प्री रजिष्ट्रेसनमा रहेका सबैको बस्ने खाने सहितको ब्यवस्थापन भई सकेको जानकारी दिए ।
    उनले सौराहामा मात्रै करिब १० हजार भन्दा बढि एकै रातमा सुत्न मिल्ने होटलहरु रहेकाले खाना र बस्नको लागि सहजनै हुने कुरामा आफु बिश्वस्त रहेको पनि बताए ।

    महाधिवेसको तयारी तिब्र भइरहदा रत्ननगरलाई जेसीजको ध्वजा पताकाले पनि श्रृङ्गार भर्ने काम भइरहेको नगर सजावट समितिका सदस्य द्धय शुरज पौडेल र शुरेस जङ्ग पाण्डेले जानकारी दिए । खासगरि रत्ननगर जस्तो संभावनाले भरिपूर्ण ठाउँमा नेपालभरिबाट मानिसहरु आउदा यो रत्ननगरबासीका लागि पनि निकै महत्वपूण हुने बताए ।
    –नेपाली आवाजको सहयोगमा

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…