•  



    ललितपुर, २८ पुस – चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ।



     



    ६ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो। सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौं उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ।



     



    यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताएका छन्। उनका अनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ।



     



    रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ। केहि ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ। कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ।



     



    खसीबजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ को काम पनि भइरहेको छ। फुटपाथ र सर्भिस मार्गको काम अघि बढेको छ, उनले भने – 'तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ।'



     



    चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन ग्रुपले पाएको छ। पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ।



     



    भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो, इञ्जिनियर अर्यालले भने – 'अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ।'



     



    यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन्। अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन्।



     



    यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २ सय चिनियाँ कामदार खटिएका छन्। उनले भने, 'हामीले मुख्य गरेर अरु निकायसँग समन्वयको काम नै गरिरहेका छौँ।'



     



    पाइप लाइन, विद्युत्का पोल, सडक छेउका घर टहरालगायतका कारणले गर्दा काममा केहि ढिलाइ हुने गरेको छ।



     



    सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौ‌ं उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा सडकले गर्दा फुट्ने गरेको छ। सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन्।



     



    आठ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न सकेको छैन, इञ्जिनियर अर्यालले भने, 'हामीले पटक–पटक भन्दा पनि स्थानीयवासीले घर भत्काउन अटेर गरिरहेका छन्।'



     



    मुख्य लेन, सहायक मार्ग र सर्भिस मार्ग गरेर १० लेनको सडक निर्माण भइरहेको हो। चक्रपथ छिर्ने विभिन्न सडकहरु यो सडकखण्डमा पर्छ। यी सडकमा चक्रपथ बाहिर निस्कने सडक कुन निकायले कालोपत्र गर्ने भन्ने टुंगो लागेको छैन।



     



    परियोजनासँग यी सडकमा काम गर्ने सम्झौता थिएन। यी सडक नसुुध्रँदा त्यसको असर सडक निर्माण पछि पर्नेछ, उनले भने, 'यी सडक कच्ची हुँदा नयाँ सडकमा समेत धुलो र हिलो फैलनेछ।' यो सडकको रु एक अर्ब लगानीमा यो सडकको निर्माण कार्य भइरहेको छ।



     


सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…