• काठमाडौं । बुधबार बिहान पश्चिमी तथा मध्य तराई क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म मौसम बदली (आकाशमा बादल) भएको मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार देशका बाँकी स्थानमा भने अहिले सामान्यतया मौसम सफा छ।

    अहिले बिहान काठमाडौं र पोखरा क्षेत्रमा पनि हुस्सु देखिएको अर्का मौसमविद् राजु प्रधानांगले जानकारी दिए। तर यो केहीबेरपछि बिस्तारै हटेर जाने उनले बताए।

    आज बिहान ६ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको र अहिले (साढे ८ बजे)को तापक्रम भने ५ डिग्री रहेको मौसमविद् प्रधानांगले जानकारी दिए।

    दिउँसो काठमाडौंलगायत पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने उनको भनाइ छ। उनका अनुसार आंशिक बदली भनेको आकाशमा थोरै थोरै बादल देखिनु हो। यसले घामलाई छेक्दैन।

    तराईमा लागेका हुस्सु/कुहिरो पनि दिउँसोपछि हट्ने मौसमविद्को भनाइ छ। मौसमविद्का अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

    तर तराईमा बिहान बिहान हुस्सु/कुहिरोले चिसो बढाउने भएकाले त्यसबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएका छन्।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…