/गम्भीर प्रकृतिको रोगबाट ग्रसित मोरङ, मिक्लाजुङ–७ रेशमखेतीका ८५ वर्षिय हस्तबहादुर लिम्बुलाई उपचारार्थ बुधबार विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।
सहाराविहीन लिम्बु विगत चार वर्षदेखि टाउको दुःख्ने र मुखमा घाउ निस्केर थलिएपनि आर्थिक अभावका कारण उपचारबाट बञ्चित थिए । लिम्बुलाई नेपाली कांग्रेस तरुण दलका गाउँपालिका सचिव देउमान तामाङलगायतका स्थानीय कांग्रेस नेता–कार्यकर्ताहरुको पहलमा उपचारका लागि सो अस्पताल लगिएको हो । लिम्र्बुलाई अस्पताल लैजान मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बु रेशमखेती आएका थिए । जिल्ला सभापति लिम्बुले उनको उपचारमा लाग्ने सम्पुर्ण खर्च कांग्रेसले विहोर्ने बताएका छन् । लिम्बुले जाती र पार्टी नेहेरी दीनदुःखुीहरुको सेवामा लाग्ने बताए ।