• सूर्य बराल, चितवन, १० पुस । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको महानगर कृषि सहकारीले कारोबारको नाममा सेवाग्राहीबाट लुट धन्दा मच्चाईरहेको भए पनि सरोकारवाला निकायहरु मुकर्दशक बसिरहेका छन् । सहकारीले न्युनतम नीति नियम र सहकारी ऐन कानुन बिपरित सेवाग्राही सर्बसाधरणहरुसँग वर्षौंबाट अबैध असुली गरिरहेको खुल्नमा आएको हो ।

    केही व्यक्तिहरुले सहकारीलाई आफ्नो मुठ्ठीमा राख्दै सहकारी ऐन नियम बिपरितको कार्य गरिरहेको भए पनि अनुगमन र नियमन गर्ने सम्बन्धित निकायहरु तै चुप मै चुपको अवस्थामा मुकर्दशक भई बसिरहेका हुन् । सो सहकारीले सहकारी ऐन बिपरित सिमित शेयर सदस्य राखी बजारमा शेयर सदस्य नै नभएका आम सर्बसाधरणमा ऋण लगानी गरी अबैध रुपमा चर्को ब्याज र बिलम्ब शुल्कको नाममा गैरकानुनी असुली गरिरहेको छ ।

    त्यस्तै सहकारीले ऋण लगानी गर्ने नाममा ऋणीहरुको खाली चेक पहिल्यै लिने, रकम तिरिसक्दा पनि खाली चेक फिर्ता नगर्ने, मनलाग्दी र चर्को ब्याज लिने, चेक माग्दा उल्टै धम्क्याउने साथै कतिपयको उक्त खाली चेकमा रकम भरी चेक बाउन्स समेत गर्ने गरेको एक पीडितले बताए ।

    सो सहकारीमा कारोबार गरेका अर्का एक सेवाग्राहीले भने शुरुमा बिभिन्न प्रलोभन देखाएको सहकारीले स्विकृत ऋण मध्ये ८० प्रतिशत मात्र ऋण प्रवाह गर्ने तर शत प्रतिशतको ब्याज असुल्ने गरेको र किन त्यस्तो कार्य भयो भनि सोध्दा उल्टै धम्कयाउने काम भएको बताए ।

    सहकारीले गैरकानुनी रुपमा २१ देखि ३६ प्रतिशतसम्म ब्याज असुली गर्नुका साथै बिलम्ब शुल्क र जरिवानाको नाममा थप ७२ प्रतिशतसम्म असुली गरी शोषण गर्ने गरेको पीडितहरुले बताए । पीडितहरुले भने ६ महिने ऋण लगानीको नाममा रकम प्रबाह गर्दा ४ प्रतिशतसम्म सेवा शुल्क लिने गरेको बताए । सेवा शुल्कको नाममा यति धेरै रकम लिनु गैरकानुनी कार्य हो ।

    तर, यो सहकारीका सञ्चालकहरुले उल्टै सेवाग्राहीहरुलाई गुण्डा लगाएर धम्क्याउने, केही प्रहरीसँगको हिमचिम र केही भ्रष्ट प्रहरी अधिकृतहरुलाई प्रलोभन र प्रभावमा पारी धम्की दिई कतिपयलाई पहिल्यै लिएको खाली चेकमा भरेको मनलाग्दी रकमको चेक बाउन्स गराई सोही आधारमा प्रहरी कार्यालयमा थुनाई सर्बसाधरणलाई गैरकानुनी शोषण गर्नुका साथै सताईरहेको पीडितहरुको गुनासो छ ।

    सहकारीले के आधारमा कुन प्रयोजनको निम्ती सेवाग्राहीहरुको हस्ताक्षरयुक्त खाली चेक लिएको हो, त्यहिबाट सो सहकारीको धन्दा प्रष्ट हुने भन्दै नारायणगढका एक सर्बसाधरणले भने यो सहकारीको गलत धन्दा रोक्न ढिलो गरेमा एकातिर सहकारी भनेका यस्तै हो भनि सहकारी क्षेत्रकै बदनाम हुने साथै स्थानिय सरकार प्रति जनताको आक्रोश बढदैं जाने अर्कोतिर सहकारीको नाममा भईरहेको यस्तो लुटधन्दा चलिरहँदा धेरै सर्बसाधरण शोषणमा पर्ने भएकोले उक्त सहकारीको गतिबिधी नियन्त्रण गर्न ढिला गर्न नहुने बताए ।

    उनले अगाडी थपे यो सहकारीको नाममा सुदखोर शैली र शोषण नै हो, सम्बन्धित निकायको ध्यानर्कषण आवश्यक छ । यसैबिच सहकारीका अध्यक्ष सुनिल मास्केसँग बुझ्न खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…