• काठमाडौं, १० पुस । शुक्रबार राती भारतमा चलिरहेको अहिलेको नागरिकता सम्बन्धी कानुनको विरोधबाट उत्पन्न भएको तनावबारेको एउटा सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरबाट रिट्वीट भएको छ ।

    भारतीय राजनीतिक अवस्थाले नेपालमा प्रभाव पर्ने तर्क भइरहदा भारतीय विपक्षी दलकी नेतृ सोनिया गान्धीको सन्देशलाई ओलीको आधिकारीक ट्वीटरबाट रिट्वीट भएको हो ।

    यति गम्भिर विषय आएका कारण त्यो आशंकामाथि पनि बहस हुन थालेको छ । खासगरी प्रधानमन्त्रीको सचिवालयमा नै उनको सामाजिक सञ्जाल हेर्ने व्यक्ति तोकेर राखिएको हुन्छ ।

    उक्त सन्देश भूलवस वा नियोजित हिसाबले रिट्वीट गरियो भन्नेबारे प्रधानमन्त्री ओलीले पनि खोजीनीति गरेका छन् ।‘अहिलेसम्म कसले गरेको हो भन्नेबारे खासै सूचना चुहिएको छैन ।

    तर, यो पासवर्ड चोरी भयो भन्ने विषयमा पनि मिहिन अनुसन्धान भइरहेको छ’, बालुवाटार स्रोतले भन्यो । तर, सोनिया गान्धीको उक्त रिट्वीट प्रधानमन्त्रीको आधिकारीक खाताबाट हटाइएको छ ।

    यसले क्षणभरमा नै सामाजिक सञ्जालमा उठेका कतिपय प्रश्नको निराकरण गर्न नसक्ने भएकाले नै आन्तरिक छानबिन चलिरहेको बताइएको छ ।

    नेपालमा मात्रै नभइकन भारत लगाएतका सञ्चारमाध्यमहरुले समेत यसमा चासो सहित समाचार प्रकाशन प्रशारण गरेका छन् ।

    भातीय नेतृ गान्धीले भारतीय जनता पार्टीको आलोचना गर्दै ट्वीट गरेकी थिइन् । नेपालका प्रधानमन्त्री ओलीको ट्वीटर ह्याण्डेलबाट उक्त स्टाटस रिट्वीट् भएको थियो । जसले गर्दा नेपालभर सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यो चासोको मुद्दा बनेको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …