• काठमाडौं, ११ पुस । नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधान हुन नसकेकै कारण हिजो बिहीबारका लागि बोलाइएको पार्टी केन्द्रीय कार्य समितिको बैठक आज शुक्रबारका लागि सारिएको छ ।

    गत मंसिर २६ गतेबाट सुरु भएको पार्टी बैठक नेतृत्वबीचको भागबण्डाको किचलो र पार्टी महाधिवेशनको कार्यतालिका विवादकै कारण पटक पटक स्थगन हुँदै आएको छ ।

    यसबीच रहेका विवाद मिलाउनकै लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच औपचारिक तहमा वार्ता हुँदै आएका छन् । यस्ता वार्ताबाट समेत निकास ननिक्लेपछि देउवा र पौडेल खेमाले वार्ता समिति नै गठन गरेर समाधान निकाल्न गरिएका प्रयाससमेत सफल हुन सकेका छैनन् ।

    पछिल्लो पटक गत बुधबार दुवै पक्षका नेता बसेर विवाद समाधानका उपाय निकालन खोजे पनि सम्भव हुन नसकेपछि पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको बैठक आज पुस ११ गते शुक्रबारका लागि सारिएको सूचना प्रकाशन गर्नु भएको थियो ।

    देउवा र पौडेलबीच दलका विभाग, नेपाल विद्यार्थी संघ, तरुण दललगायतका भ्रातृ संथठनको नेतृत्वमा गरिने भागबण्डा र दलको १४ औं महाधिवेशनको कार्यतालिका बनाउने विषयमा देउवासँग असहमति राख्दै आउनु भएको छ । महाधिवेशनको कार्यतालिकाका विषयमा पछिल्लो समय पौडेल र सिटौलाको एउटै अडान रहेको छ ।

    दलभित्रको अन्तर्कलह समाधान गर्नकै लागि दुवै तर्फका सदस्यहरु सम्मिलित कार्यदल निरन्तर छलफलमा रहे पनि प्रायः छलफलमा जस्तै कुरो नेविसंघ, तरुण दलको नेतृत्व र महाधिवेशनको कार्यतालिकामै आएर अड्कने गरेको छ । यस्तोमा पौडेल पक्षबाट कार्यदलमा रहनु भएका कांग्रेस नेता तथा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले अहिलेको कचिंगल धेरै लामो नजाने बताउनु भएको छ ।

    बडूले देखा परेका कतिपय विषयमा कार्यदल सहमतिनजिकै पुगेको र छलफलमा आएका सहमतिका आधारका विषयमा शीर्ष नेताबीच छलफल गरेर फेरि बस्ने कार्यदलको बैठकबाट त्यसको बिट मारिने बताएका छन् ।

    देउवा र पौडेल समूहबीचको यही किचलोका कारण गत शुक्रबार बोलाइएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने मुद्दामै विवाद आएपछि देउवाले आज शुक्रबारसम्मका लागि केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगत गर्नुभएको थियो ।

    मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी महाधिवेशनको कार्यतालिका ल्याउन देउवा सकारात्मक नदेखिनु भएपछि पौडेल समूह बहिष्कारमा उत्रिएको थियो ।

    पछिल्लो समय देउवा कार्यतालिका ल्याउन सकारात्मक देखिए पनि भ्रातृ संगठन नेविसंघ र तरुणको नेतृत्वका विषयमा पौडेल समूहसँग सहमति जुट्न सकेको छैन । पौडेल समूहले दुई भ्रातृ संस्थामध्ये कुनै एकको नेतृत्व आफ्नो समूहले पाउनुपर्ने अडान राख्दै आएको छ, विमर्शमा उल्लेख छ ।

    यस्तै देउवाले हाल पार्टी विधानले २८ को संख्यामा सीमित गरेका पार्टी विभागको संख्या ४१ पुर्याएर आगामी महाधिवेशनलाई प्रभावित पार्न खोजेको भन्दै विभागहरु २८ कै संख्यामा सीमित गरिनुपर्ने अडानमा पौडेल समूह रहेको छ । अहिलेको यो विवादमा विगतमा तटस्थ भूमिकामा रहनु भएका महामन्त्री शशांक कोइरालासमेत पौडेलले उठाउनु भएका मुद्दाको समर्थनमा उत्रिएपछि देउवालाई सकस परेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…