• काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख चयनमा बाधक नबन्ने बताएकी छन् । शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएपछि तुम्बाहाङ्फेले आफ्ना कारण बैठक स्थगित नभएको बताएकी हुन् ।

    ‘सभामुख चयनमा म बाधक छैन् । राजीनामा दिन तयार भएर बसेकी छु,’ उनले भनिन, ‘आजको बैठक स्थगनमा मेरो राजीनामा कारक होइन ।’

     

    नेकपाका नेताहरुले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिए मात्रै बैठक सञ्चालन गर्न संसद सचिवालयलाई सन्देश दिएका थिए । सोही बमोजिम सचिवालयले राजीनामा प्राप्त नभएपछि उपसभामुखसँगको सल्लाहमा बैठक सूचना टाँसेर १६ गते १ बजेसम्मका लागि स्थगन गरेको छ ।
    त्यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभामुखले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए संवैधानिक जटिलता आउने नेकपालाई चेतावनी दिएको थियो ।

    सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरुप नेकपाबाटै सभामुख बनेकी तुम्बाहाङ्फेले सभामुखको निर्वाचन प्रक्रिया अगाडि नेकपाले सभामुखमा उम्मेदवारी दिन नपाउने कांग्रेसको तर्क थियो ।

    त्यसपछि सभामुख चयनको प्रक्रिया अगाडि बढाउने कार्यसूची तय भएको बैठक सूचना टाँसेर स्थगत गरिएको हो ।

    नेकपाले सभामुख आफ्नो पार्टीबाट बनाउने तयारी गरेको छ । तर, शीर्षनेताबीच मतैक्यता हुन नसक्दा उम्मेदवार चयन गर्न सकेको छैन।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…