• जगन कार्की (बिमल)

    मोरंग जिल्लामा अपवाद बाहेक प्राय सबै जसो हाइवेइहरु २ तर्फ मानव वस्ती भएका यतात्र चौपाया, केटाकेटीहरु खेलिरहेका पाइन्छन । बस्तिको बिचमा हुइकिने द्रुत गतिका सवारी साधन मानव स्वास्थ्य र जीवन सुरक्षाका द्रिस्टीले अत्यन्त संबेदनसिल मात्र हैन अन्तरास्ट्रिय मापदण्डले बस्तिमा हाइवे बनाउनु नै बर्जित गरेको छ । बस्तीमा गुडाइने सवारीसाधनहरुको अधिकतम गति ४८ किलो मिटर प्रति घण्टा भन्दा बढी गुडाउन बर्जित गरिएको हुन्छ । यहाँ त ६० देखि १२० सम्मको गतिमा , जांड धोकेर हुँइक्याउन छुट छ । न कहिले द्रुत गतिको परिक्षण हुन्छ, न कारबाही !  जव दुर्घटना भएर मृत्यु र अकल्पनीय क्षति हुन्छ अनि केहि दिन कोकोहोलो मच्चाउने र चुप लाग्ने परिपाटी छ । बिना लाइसेन्स,  नक्कली लाइसेन्स,  पारीबाट ल्याईएका गैरकानुनि साधन , मर्मत सम्भारका नाममा जो सुकै मिस्त्री, खटेरा समान सबै भन्दा सुरक्छित हुनुपर्ने सार्बजनिक सवारीहरु जोखिम युक्त छन् , मापदण्ड हेर्ने निकाय मुकदर्सक छन् ।

     

    के जताततै राखिएका ग्यारेजको माप दण्ड हुन्न , मिस्त्रीहरुका मापदण्ड दर्ता, सिप जांचने अधिकारिक चॆक जांच गर्ने अनुमति दिने संस्था छैन नेपालमा ? सवारी मापदण्ड बिपरित गाडी चलाइनु ट्राफिक व्यवस्थापाकहरुको आम्दानीको स्रोत झैँ ठानिने भ्रस्ट परिपाटी अर्को महत्वपूर्ण कारक हो । बेथितिका ब्यापार जताततै थापेर व्यापार चलाउने भ्रस्ट कर्मचारी , साहु, महाजनको सधैभरि बेथितिनै कायम राख्नेमा जोड हुन्छ ।

    समाजमा अलिक जान्ने , बुझेकाहरुको दाइत्व भनेको ब्रम्हले देखेको कुरा बोल्नु र सकेको गर्नु पक्कै हो तर आफ्नो मात्र सुरक्षा र स्वार्थ हेर्ने समूह पनि भ्रस्ट भन्दा कम मानिन्न । समाजमा बसीसकेपछि आफ्नै टाउको नठोक्कीइन्जेल नबोल्ने , आँखा चिम्लेर बस्ने त सामाजिक हैन जंगली पनको नै भन्ने मान्यता रहेको छ ।  सबैको बराबर जिम्मेवारी हुन्न र ?

    कम्तिमा नियम , कानुन पालना गराउने निकायको जिम्मेवारी हो , त्यसलाई कडाइका साथ पालना गराउनु हो र सचेत नागरिकको काम आफ्नो टोल , बस्तिमा भएका जोखिम र संकटहरुलाई समाधान गर्न सामुहिक प्रयास गर्ने ।

     

    कतिपय हामीलाई भ्रम छ मुलुक , हाम्रो गाउँ, ठाउमा सब चिज सरकारले गर्दिने  हो भन्ने , कंगाल देश अनि भ्रस्टचारयुक्त नेत्रित्वले मुलुक चलेको मात्र छ काम जति गर्नुपर्ने त्यो  सामर्थ्य कम छ स्थानीय समस्या प्रति मुक दर्शक भएर बस्ने हो भने त सरकार पनि आइपुग्न कठिन छ|

    उर्लाबारी बरडंगाको बाटोलाई उधाहरणको रुपमा लिन सकिन्छ । यो हाइवे उर्लाबारीबाट सुरुहुन्छ र मानव बस्ति नै बस्ति बीच सवारी हुइकिदै बरडंगा सम्म कहिँ कुनै यस्तो ठाउँ छैन त्यहा दुवै तर्फ घर बस्ति नभएको होस् । चौपाया दिनरात बाटोमा हिडीरहने , बस्तिबाट केटाकेटिहरु , बृद्ध असक्तहरु घाम ताप्न , खेल्न यता उता गर्न बाटोमा जान अन्जानमा निस्किने परिपाटी छ ।

    अब भन्नुस हुइकिएर आउने बाइक, गाडी, घोडा तिनको लागि कसरि सुरक्षित हुन सक्लान ? अनियन्त्रित सवारी र अब्यबस्थित ट्राफिक ब्यबस्थापनले केहि वर्षभित्र नै यस क्षेत्रका धेरै युवाहरुले अकालमा मृत्युबरण गरिसकेको तितो यथार्थ हाम्रा सामु छन् ।



    त्यस्तै अवस्था पुर्व पश्चिम राजमार्गको धेरै ठाउँमा देख्न सकिन्छ । सिन्डिकेट प्रथाले गरेर गाडीहरुपनि मान्छे कोचेर चलाउने चलन छ , मानिसहरु कोचिएर , हुडमा बसेर झुण्डिएर यात्रा गर्नुपर्ने अवस्था छ । यातायात ब्यबसायीहरुका आफ्नै बाध्यताहरु होलान पैसा तिरेर यात्रा गर्ने यात्रुलाई सुरक्षित र ससम्मान यात्रा गर्न दिनु तिनको कर्तब्य र धर्म पनि हो  ।  यी तमाम बेथितीले एकप्रकारको परम्परा नै स्थापित गरिसकेको अवस्था छ ।
    ट्राफिक प्रहरी हरेक घर अगाडी आएर उभिन सक्ने अवस्था छैन , हामीसंग सिसि टिभी जोड्ने ल्याकत र प्रविधि र त्यसको सुरक्षाको बाताबरण पनि छैन यस्तो भयावह अवस्थामा सवारीको अनियमितता रोक्ने मुख्य उपाय भनेको स्थानीय सरकारको पहल , नागरिक स्वयं सेवा , गाउँ घर देखि बिद्यालय सम्म ट्राफिक र दुर्घटना सम्बन्धि सचेतना अभियान, अकर्मन्य ट्राफिक हाकिमहरुको कान बटार्ने र कर्तब्यनिष्ठहरुलाई पुरस्कृत गर्ने नै देखिन्छ । आफुलाई नपरुञ्जेल कानमा तेलहाल्ने, आँखामा कालो चस्मा लगाउने परिपाटी भुलेर बस्तिबीच दौडिएका विकासे हाइवे हरुलाई भत्काउने , बस्ति सार्ने अवस्था तत्काल त नरहला तर धेरै भन्दा धेरै सुरक्षित कसरि बनाउने पहल गर्ने जिम्मा सबै स्थानीय वासीहरुको कर्तब्य हो । दुर्घटना र बेथितिको सिकार हुने यहि समुदाय हो ।

    आफ्नो घडेरी अगाडी राजमार्ग लैजाने पहल रोक्न पनि अथवा लोकमार्ग भनौं तिनका वरिपरी बस्ति बसाल्ने प्रक्रिया निरुत्साहित गरिनु पर्दछ । घर, राजमार्ग , बजार मात्र मान्छेका जीवन हैनन् आधुनिक संसारमा बस्ति , बजार र राजमार्ग सबैलाई छुट्याउने परिपार्टी छ हामीले भबिस्यमा बेथिति बेहोर्नु भन्दा बेलैमा सोच्ने बेला छ । नव निर्वाचित स्थानीय सरकारका जनप्रतिनिधिहरुको ध्यान यता पनि जाओस । राजमार्ग अगाडी आफु बस्ने घर बनाउंदै गर्दा आफ्नो सुरक्षा, सन्तानको सुरक्षा , बाताबरण प्रदुषण धेरै कुरा ख्याल राख्नु पर्ने अवस्था छ । बाटो अगाडी घडेरी भन्दा सुरक्षित र बस्न सुगम ठाउमा घर बनाउन नागरिकहरुको अभियान नै चल्न जरुरि देखिन्छ ।

    जिम्मेवार निकाय, संस्था र बुद्धिजीविहरु निस्क्रिय , निस्प्रभावी जस्तै रहेर बसिरहेको बेला कलिला युवाहरुको पहलमा आरम्भ नाट्य डबलीले ट्राफिक चेतना र शिक्षा प्रदान गर्ने जमर्को गरेको खबर सुनेर पन्ग्तिकार पनि मौन बस्न सकेन । परदेशी भूमिबाट सक्ने सानो प्रयास स्वरूप सबैलाई झकझकाउने जाँगर चल्यो ।

     

    आरम्भ नाट्य डबलीले मोरंगको रतुवामाई नगरपालिकाबाट ट्राफिक प्रहरी जनचेतना अभियान जगाउन पहल सुरुगरेको छ ।
    नाट्य समूह मार्फत ग्रामिण परिवेसमा घटनाहरुलाई प्रस्तुत गरिनु अत्यन्त ब्यबहारिक छ । नाटक नौटंकी देखाउन नाम कमाउन मात्र गरिन्दैन । समाजमा हरेक घटनाहरुलाई टिपेर बिकृतिहरुलाई प्रहार गर्दै चेतनाको विस्तार गर्ने शिक्षाको एउटा अचुक अस्त्र हो नाटक विधा । आरम्भ डबलीले सुरुगरेको यो अभियान नेपालका हरेक गाउँका नाट्य समूह र युवा क्लवबहरुले अनुसरण गर्न लायक देखियो ।

    उदारहणिय काममा अग्रसरता देखाउदै आरम्भ नाट्य डबलि रतुवामाइले प्रंससनिय काम गरेको छ । हालै बढ्दै गएको सडक दुर्घटनालाई मध्यनजर गर्दै सडक दुर्घटना न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरेको छ । युवाहरुको सक्रियता बढी भएको सो संस्थाले ट्राफिक प्रहरी कार्यलय दाम्राभिट्टा संग समन्वय गरि महेन्द्र मा वि रतुवामाईको विशेष सहयोगमा सचेतना कार्यक्रम गरेको स‍ोहि कार्यक्रमका संयोजक सविन भट्टराईले जानकारी गराए ।कार्यक्रममा स्थानीय, सवारिचालक बुद्धिजीवी साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाइ प्रभावकारि वनाउनका लागि बजारमा र्यालि समेत हिडाईएको थियो । कार्यक्रममा तिब्र गति जीवन क्षति , आफू बचौ अरुलाइ बचाउ, slow drive long life, आरम्भको अभियान सडक दुर्घटनाबाट वच्न सबैलाई आव्हान जस्ता प्लेकार्डहरुको प्रयोग गरिएको थियो । दिनहु हुने सडक दुर्घटना तिव्र गतिमा बढ्न थालेपछि सचेतनाका लागि कार्यक्रम गरिएको उपाध्यक्ष समीर सुवेदिले वताए ।

    फेसबुके हल्ला र सस्तो प्रचारमा मात्र रम्ने भन्दा यस्तो काम सम्पूर्ण गाउँ, टोल , हरेक युवा समूह , क्लब हरुले ब्यबहारिक तहमा समाज परिबर्तन गर्ने उदेस्यले नै प्रबर्धन र अवलम्बन गर्नसके आधा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भने बाँकी कामकालागि ट्राफिक ब्यबस्थापनमा जिम्मेवार निकायहरु ,सडकको अवस्था , सुरक्षा असुरक्षाको एसेसमेन्ट हेर्ने स्थनीय सरकारहरुको कान बटार्नु पर्ने देखिन्छ ।
    संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई साधुवाद ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…