• लागातार खोकी लाग्नु हामी धेरैमा प्राय देखिरहने स्वास्थ्य समस्या हो । खोकी आफैमा रोग होइन तर विभिन्न रोगहरुको सुरुवाती लक्षण हो । खोकीलाई हामीले हल्का रुपले लिने गर्दछौ । कतिपय अवस्थामा भने खोकी हाम्रो छातीमा कुनै ठुलै रोगको लक्षण पनि हुन सक्छ । त्यसकारणले खोकीलाई सधै सामान्य रुपमा भने लिनु हुदैन ।

    किन लाग्छ खोकी ?

    श्वासप्रश्वासका केही मांसपेशीहरु खुम्चिनाले यसले यसले छाती भित्रको चाप बढाउँछ र सास फेर्ने नलिमा रहेको ग्लोटिस भनिने ढक्कन खुलाउँछ र हावा द्रूत गतिले बाहिर निस्कन्छ । यसरी मांसपेशी खुम्चाउने काम र छातीको चाप बढाउने काम भने श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगहरुले गरिरहेका हुन्छन् ।

    खोकी कुन कुन रोग भएमा देखिन्छ ?

    श्वासप्रश्वास सम्बन्धि धेरै रोगहरुमा देखिने खोकी मुख्य गरि निम्न रोगहरुको लक्षण हुन सक्छन । श्वासप्रश्वास नलिको ब्याक्टेरियल वा भाइरल संक्रमण (जसलाई हामी बोलिचालीमा रुघाखोकी भन्छौ ) , दम ,क्षयरोग ,निमोनिया ,फोक्सोको क्यान्सर ,कुनै वाहिरी बस्तु श्वासप्रश्वास नलिमा अड्किनु , धुवाँधुलो आदिको कारण ,ग्यास्ट्राइटिस वा रिफ्लक्स डिजिज ,केही औषधिहरुको साइड इफेक्ट खोकीका

    खोकीका प्रकार

    सुक्खा खोकीः खकार बिना आउने खोकीलाई सुख्खा खोकि भनिन्छ ।
    खकार सहितको खोकीः यस्तो खोकी प्राय ब्याक्टेरियाको संक्रमणहरुमा देखिन्छ । जस्तैः निमोनिया, क्षयरोग, ब्रोन्काइटिस आदि ।

    कस्तो खोकीमा खतरा हुन सक्छ ?

    यदि खोकीको साथसाथै निम्न लक्षण देखिएमा तुरुन्त जाँच गराइहाल्नुपर्छ ।
    कस्तो अवस्थामा जाँच गराउने
    खकारमा रगत आएमा
    सास फेर्न गाह्रो भएमा
    ज्वरो आएमा
    छाती दुखेमा

    तौल घटेमा खोकीको जाँच कसरी गर्ने?

    अस्पतालमा छातीको एक्स रे, खकार जाँच, रगत जाँच आदि गरेपछि खोकिको वास्तविक कारण पत्ता लाउन सकिन्छ ।

    खोकीको उपचार गर्ने तरीका ?

    खोकीको उपचार भन्दा अघि माथि उल्लेखित जाँचहरु गरेर के कारणले खोकी लागेको हो भन्ने थाहा पाउन जरुरी छ । खोकी दवाउने साधारण दवाइ मात्र खानाले केही समयसम्म खोकी निको भए नि पछि फेरि बल्झिन सक्छ । साथै सुख्खा खोकी र खकार आउने खोकीको औषधि पनि फरक हुन्छ । त्यसैले केही दिनसम्म पनि खोकी सन्चो नभएमा के कारणले खोकी लागेको हो पत्ता लगाउन जाँचहरुको निम्ति अस्पतालमा गएर चिकित्सकको सल्लाह अनुसारको औषधि सेवन गर्नुनै बुद्धिमानी हुन्छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…