•  

     

    मोरङ्गको सदरमुकाम विराटनगर सहति सम्र्पूण मध्यवर्ती तथा उत्तरपूर्वी क्षेत्रमा पुस सुरु भएदेखि नै निकै जाडो बढेसँगै यहाँको जनजीवन प्रभावित भएको छ ।

    शितलहर, कुहिरो, चिसो हावा चल्ने र बाक्लो हुस्सुले गर्दा पुस सुरु भएदेखि नै यहाँका मानिस लगाएत पशुपंक्षी, चौपाया र हिउँदे बालीनालीमा प्रभाब परिरहेको छ । कठ्याग्रिँदो जाडोका कारण असहाय वृद्धवृद्धा, बालबालिकाहरु बिरामी हुने सख्ंया बढ्दो क्रममा छ । त्यस्तै किसानहरुको हिउँदे बाली ,दालहन र तरकारीहरु चिसोका कारण बिग्रिन थालेको कृषकहरुले बताएका छन् । चिसोकै कारण यतिबेला सदरमुकाम विराटनगर सहित मुख्य बजारहरु उर्लाबारी, बेलबारी, पथरी, विराटचोक, मधुमल्लामा पनि मानिसहरुको चहल पहलमा कमि आएको छ । जिल्लाका विभिन्न बजारमा न्यानो कपडा बिक्रीमा वृद्धि भए पनि हाट बजारमा भने मानिसहरुको उपस्थिती न्यून रहेको छ ।
    चिसो बढेपछि यतिबेला जिल्लाका स्वास्थ्य केन्द्रलगाएत जिल्ला अस्पतालमा बिरामीहरुको सख्ंयामा वृद्धि आएको छ ।
    अत्याधिक चिसोका कारण यहिलेसम्म यहाँका विभिन्न स्थानका मानिसहरुले अकालमै ज्यान पनि गुमाउनु परेको छ । अझैपनि मोरङ्गका गरिब परिवारलाई जाडो धान्न हम्मेहम्मे अवस्था छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…