•  

    सिमेन्टको गुणस्तरका बारेमा सार्वजनिक लेखा समितिमा महानिर्देशक विश्वबाबु पुडासैनीलाई गम्भीर अनिमितताको आरोप लगाएपछि विभाग कडा रुपमा प्रस्तुत भएको हो ।

    विभिन्न स्थान र मितिमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल गुणस्तर तथा नापतौल विभागले होङसी,युनाइटेड र बृज सिमेन्ट सिमेन्ट उद्योगलाई १५ दिने स्पष्टीकरण माग गरेको छ ।

    विभागका अनुसार होङसी, युनाइटेड र बृज सिमेन्टमा गुणस्तर मापदण्ड अत्यन्त नाजुक रहेको निष्कर्ष निकाल्दै यी उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली ,२०४० को नियम९१६० अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको विभागका निर्देशक सञ्जीव कुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

    विभागका अनुसार होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको पाइएको नतिजा निकालेकाले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम९१६० अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको जनाएको छ।

    यसैगरी वृज सिमेन्टको पिपिसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपिए र आइआर ९इन्स्लोबल रेसिड्यू० २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार नभएको नतिजा निकालेकोमा पीपीसी सिमेन्टमा विभागले आइआर २८ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको बताएको छ ।

    यो उद्योगलाई पनि गुणस्तर नियमावली अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको छ भने युनाइटेड सिमेन्टमा पनि आइआर २ दशमलब ६ प्रतिशत रहेको छ । गुणस्तर मापदण्ड अनुसार आइआर २ प्रतिशत हुनुपर्छ । यो उद्योगलाई समेत गुणस्तर नियमावली अनुसार विभागले १५ दिने स्पष्टीकरण सोधेको हो

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …