• वि.सं. २०७६ साल पौष १४ गते । सोमबार । इस्वी सन् २०१९ डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि चतुर्थी, १५ घडी ३३ पला, दिउँसो ०१ बजेर ०९ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र धनिष्ठा, ३९ घडी १० पला, बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त शतभिषा । योग बज्र, ३५ घडी ०१ पला, बेलुकी ०८ बजेर ५६ मिनेट उप्रान्त सिद्धि । करण भद्रा, दिउँसो ०१ बजेर ०९ मिनेट उप्रान्त बव, रातको ०१ बजेर ५९ मिनेट उप्रान्त बालव । आनन्दादिमा शुभ योग । चन्द्रराशि मकर, बिहान ०९ बजेर ३२ मिनेट उप्रान्त कुम्भ ।

    काठमाडौँमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २५ घडी ५२ पला । धनिष्ठा–पञ्चक प्रारम्भ ।

    मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) व्यावसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरू भन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउँदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकाले प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

    वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) : लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईंको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा इमानदारिताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्को गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) : साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा संस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुँदा मन प्रसन्न रहनेछ । बिहानको समय मध्यम रहेकोले अटोपार्टस् सम्बन्धी काम गर्दा ध्यान दिनुहोला ।

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) : बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने सेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ । प्रेममा देखिएको तित्तता मेटिनेछ भने दिदीबहिनीको सहयोगमा नयाँ कामको थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय दिन सक्दा सबै साथीहरुभन्दा तपार्ईं नै अग्र स्थानमा आउनु हुनेछ । आर्थिक अभावको सामना गर्नुपरे पनि बोली बिक्ने हुँदा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) : व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दूरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्ति हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ ।

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) : शत्रु तथा प्रतिस्पर्धीलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरूलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपार्ईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) : भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुनेहुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेसा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईंलाई सम्झनेछन् ।

    वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) : कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ ।

    धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे) : आत्मीय मित्र तथा दाजुभाइको सहयोग पाइने हुँदा मन प्रसन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोत थपिनेछन् । माया प्रेममा रमाउन चाहानेका लागि समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाइलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

    मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) : मीठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण काम फत्ते गर्न सकिनेछ । प्रेम प्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेबल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) : व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउँन सकिनेछ । बिहानको समयमा लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची) : लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने समय रहेको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…