• एजेन्सी, १४ पुस । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘बेस्ट मेन्स प्लेयर २०१९’ घोषित् भएका छन् । आइतबार राति दुबइमा आयोजित भब्य समारोहकाबीच युरोपियन एसोसियसन अफ् प्लेयर एजेन्ट नामक संस्थाले पोर्चुगिज स्टार रोनाल्डोलाई वर्ष खेलाडी घोषणा गर्दै ‘ग्लोब सक्कर अवार्ड’ प्रदान गरेको हो ।



    बालोन डी‘ओरको दौडमा तेस्रो भएका रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र लिभरपुलका स्टार भर्जिल भान डाइकलाई उछिन्दै यो अवार्ड जितेका हुन् । २०१८–१९ को सिजनमा युभेन्टसलाई २ वटा उपाधि दिलाएको र आफ्नो राष्ट्र पोर्चुगललाई यूइएफए नेशन्स लिगको उपाधि दिलाएका उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

    ३४ वर्षीय रोनाल्डोले छैटौं पटक यो अवार्ड जितेका हुन् । योसँगै उनी सर्वाधिक ग्लोब सकर अवार्ड जित्ने खेलाडी बनेका छन् । अवार्ड स्थापनाको १० वर्षमा रोनाल्डोले ६ पटक बाजी मार्दा मेस्सीले एक पटक मात्र जितेका छन् ।

    यस पटक यो अवार्डको मनोनयमा लिभरपुलका स्टार भान डाइक र मेस्सीबाहेक मोहम्मद सालाह, साडियो माने, एलिसन बेकर, म्यानचेष्टर सिटीका बर्नान्डो सिल्भा परेका थिए । तर, आयोजक युरोपियन एसोसियसन अप्m प्लेयर एजेन्ट नामक संस्था र फुटबल विशेषज्ञको भोटिङमार्फत् छनौट भइ रोनाल्डोले यो अवार्ड हात पारे ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…