• उर्लाबारी: मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर सोमबार बिहान एकजनाको मृ,त्यु भएको छ ।

    उर्लाबारी नगरपालिका ४ का ५४ वर्षीय सोमबहादुर रोक्‍काको चिसोका कारण मृ,त्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए । रोक्‍काको श,व उर्लाबारी १ स्थित बक्राहा खोलाको बगरमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको उनको भनाइ छ । भतिजो विनोद रोक्‍काले पारिवारिक सम्बन्ध बिग्रिएपछि सोमबहादुर तीन वर्षदेखि एक्लै उर्लाबारीमा बस्दै आएको जानकारी प्रहरीलाई गराएको राईले बताए ।

    अत्यधिक मदिरा सेवन गरेका कारण होस गुमाएर खोला छेउमै ढलेपछि उठेर गन्तव्यसम्म पुग्न नसक्दा रातभर चिसोले कठ्याङ्ग्रिएर त्यही मृ,त्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी राईले दिए । श,व पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको उनले बताए ।

    प्रहरीकाअनुसार यस वर्ष चिसोका कारण मोरङमा मानवीय क्षति भएको यो नै पहिलो घ,टना हो । लगभग दुई सातादेखि दिनदेखिको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बनेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…