• पुष १४, पथरी शनिश्चरे ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष जयबहादुर तामाङले मुसहर बस्तीमा सोमवार कपडा विरण गरेका छन् ।
    जहा मुसहर समुदायको उल्लेख्य वसोवास रहेको छ । पुषको कठ्याङग्रिदो चिसोमा परालको घुर तापेर चिसो सिरेटो काट्न वाध्य वनेका मुसहर समुदायको सो वस्तीमा जव स्थानिय वडाका वडा अध्यक्ष जय बहादुर तामाङ एक गाडि कपडा लिएर पुग्दा उनिहरुको अनुहारमा मुस्कान छाएको छ ।
    लगभग दुई सातादेखिको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन यति बेला कष्टकर बनेको छ ।
    शीतलहरबाट गरिब, वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिका र विद्यार्थी बढी प्रभावित बनेका छन् ।
    तामाङको उपस्थितिलाई सो समुदायका बृद्धबृद्धाहरुले वर्षैँ देखी परदेशिएको छोरा अचानक घरपर्फिएको जस्तो गरि अथाह स्नेह प्रकट गरेका छन् ।


    बढ्दो चिसोका करण सो स्थानमा वसोवास गर्ने बालबालिका तथा बृद्धबृद्धाहरुमा समस्या आउन थालेपछि वडा अध्यक्ष तामाङले आफनै पहलमा कपडा विरण गर्न थालेको बताएका छन् ।
    चिसोका कारण विद्यालय जाने उमेर समुहका वालबालिका मात्र हैन घरमा वस्ने बृद्धबृद्धा र ज्यालामजदुरी गर्ने युवा वर्ग सम्म चिसोको चपेटामा परेका छन् ।
    हुनत सो समुदायका मानिसहरु पुष माघको जाडोमा मात्र हैन आसर साउनको बर्खा याममा पनि सधै पिडित नै वस्दै आएका छन् ।
    यस्तै पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले नगर भित्रका विपन्न बस्तीमा बालबालिकालाई लक्षित गर्दै न्याना कपडा वितरण गर्ने काम भइरहेको बताए ।
    उनकाअनुसार वनसँग समन्वय गर्दै नगर क्षेत्रका बासिन्दालाई आगो ताप्न दाउराको पनि व्यवस्था गरिएको जानकारी दिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …