• प्रदेश ५ दाङ तुलसीपुर उपमहानगरपालिकाले मंगलबार केही वडा विद्यालयमा सार्वजनिक विदा दिने भएको छ।

    गुरुङ जातिको तमू ल्होसारको अवसरमा शैक्षिक संस्थालाई सार्वजनिक विदा दिने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाका वडा नम्बर १, ३, ४, ५ , ६ र ८ मा शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको हो।

    ती वडाहरूमा गुरुङ जातिको बाहुल्यता रहेकाले तुलसीपुर उपमहानगर शिक्षा समितिले शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको सूचना अधिकारी झरेन्द्र खरेलले बताए।

    त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ९ ले पनि निजी तथा सरकारी विद्यालयलाई विदा दिएइको जनाएको छ। शिक्षा समितिले ६ वटा वडामा मात्र दिएको भएता पनि ल्होसारको अवसरमा वडा नम्बर ९ मा मेला लाग्ने भएकाले वडा कार्य समितिको बैठकले मंगलबार बिदा दिने निर्णय गरेको वडा कर्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…