• पुष १४, पथरी शनिश्चरे
    मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर ४ बयनवन वजारमा नेपाली काग्रेका नेता शेखर कोइराला आउने भएका छन् ।
    नेपाली कांग्रेसका तत्कालीन सभापति विपि कोइरालाले आफु विरुद्ध फासि सम्मको सजाय हुन सक्ने सगीन मुद्धाहरु नेपाली अदालतमा रहदारहदै वि.सं. २०३३ साल पौष १६ गतेका दिन प्रवास बाट स्वदेश फर्कने ऐतिहासिक निर्णय भएको स्मरण गर्दै प्रत्येक बर्षको पौष १६ गते नेपाली काङ्ग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउदै आएको छ ।
    सोको सम्वोधन गर्नका लागि नेता कोइरला कानेपोखरी आउन लागेका हुन ।
    कानेपोखरी गाउपालिका वार्ड नं ४ बयरवन बजारमा आयोजना हुने सो कार्यक्रममा होक्लाबारी, केरौन र बयरबनका कियाशिल सदस्य तथा प्रजातन्त्रवादी सदस्यहरुको मेलमिलाप गराउने उदे्श्य रहेको नेपाली कांग्रेस गाउँ कार्य समितीका सभापती योगेन्द्र प्रसाद दाहालले बताए ।
    कार्यक्रमको अवसरमा विभिन्न राजनैतिक दल परित्याग गरि नेपाली कांग्रेस प्रवेशको कार्यक्रम समेत राखिएको सभापति दाहालको भनाई छ ।
    कार्यक्रम नेपाली कांग्रेस कानेपोखरी गाउपालिका कार्य समितीको आयोजनामा हुन लागेको हो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …