• इटहरी / सिद्धबाबा नामले चिनिएका कृष्णबहादुर गिरीले बलात्कार गरेको भनिएकी महिलाले आफू अदालतबाट पनि बलात्कृत भएकी बताएकी छन्।

    सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै साँझ इटहरी उपमहानगरपालिका अगाडि पत्रकार सम्मेलन गर्दै पीडित महिलाले भनिन्, ‘आज अदालतले न्याय देला भन्ने सोचेको थिएँ, तर अदालतबाट पनि बलात्कृत भएँ।’

    उनले अदालतको निर्णयले आफू स्तब्ध भएको बताइन्। उनले भनिन्, ‘न रुन मन छ, न हाँस्न मन छ, न बोल्न मन छ, कृष्णबहादुर गिरीले धर्मको खोल ओढेर कयौँ दिदीबहिनीलाई बलात्कार गरेको छ। तर, मैले आवाज उठाउँदा प्रहरीले साथ दिएन।’

    गिरीले धर्मको खोल ओढेर दर्जनौँ महिलाहरूलाई बलात्कार गरेको बताउँदै भनिन्, ‘धर्मको डरले कयौँ दिदीबहिनीहरू आवाज निकाल्न सकेका छैनन्, कतिले त हाम्रो आवाज उठाएकी होस् भनेर मलाई भन्नुपनि भयो।

    ’ उनले आफूहरूले भगवान मानेर पुज्न गएको भएपनि बलात्कारको सिकार हुनुपर्दा स्तब्ध भएको बताउँदै आफूसँग बोल्ने कुनै शब्द नै नभएको बताइन्। ‘जुन देशमा महिला राष्ट्रपति छन्, त्यही देशमा हामीजस्ता महिलाहरूले न्याय पाउँदैनौँ,’ उनले भनिन्, ‘घरमै आएर धर्मका साधकहरूले म, श्रीमान र बच्चालाई डर, धम्की र त्रास दिए

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …