• पुस १५, काठमाडौँ । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम/सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

    आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात् कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने छ ।

    टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने छ ।

    यस अघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले २०७६ पुस १५ गते सम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सो भन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ ।

    नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए तापनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन र ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…