• काठमाडौं : बुधबारबाट तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

    नेपालमा अहिले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ। बुधबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम बदली सँगै वर्षा/हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    बुधबार पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बिहीबार पनि देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

    मौसम विभागका अनुसार मंगलबार (हिजो) जुम्लामा सबैभन्दा कम जुम्लामा माइनस ४.९, काठमाडौंमा +१.५, भैरहवा +२.५, पोखरा +४.५ न्युनतम तापक्रम मापन गरिएको छ।
    (अन्नपूर्ण पोष्टबाट)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…