• दमक । नेपालकै सर्वाधिक लोकप्रिय साङ्गीतिक ब्याण्ड नेपथ्यले आफ्नो २५ औं साङ्गीतिक यात्रा पूर्वको दमकबाट सुरु गरेको छ ।

    पूर्वाञ्चल रक, जेमिडीया म्यानेजमेण्ट र गिल्म्स इन्टरनेमेन्टको संयुक्त संयोजकत्वमा भएको  लाईभ कन्सर्ट  नेपथ्यले शुक्रबार साँझ दमकस्थित सरस्वती माविको प्राङ्गणमा नेपथ्यले शानदार प्रस्तुति दिँदै आफ्नो साङ्गीतिक यात्राको रजत जयन्ती मनाउन प्रारम्भ गरेको हो । पुषको चिसोले कठ्याङ्ग्रीएको दमकलाई नेपथ्यका संस्थापक गायक अमृत गुरुङ र उनको टोलीले साँझ दुई घण्टा साङ्गीतिक रापले तताए ।



    नेपथ्यको टोलीमा अमृतसँगै दमक तताउन आएका ड्रमर ध्रुव लामा, बेस गिटारिस्ट सुबुन शाक्य, मादलवादक शान्ति रायमाझी, किबोर्डिस्ट सुरज थापा र लिड गिटारिस्ट निरज गुरुङले अमृतको लयलाई भरपुर साथ मात्रै दिएनन्, अमृतको प्रस्तुतिसँगै उनीहरुले आ–आफ्नै पर्फमेन्स दिएका थिए ।

    https://www.youtube.com/watch?v=SXVNB-Ehmeg

    नेपथ्य टोलीले दुई घण्टाको लाइभ कन्सर्टमा आफ्नो सदाबहार गीतहरु छेक्यो छेक्यो देउराली डाँडा, रेशम, हिमाल चुचुरे, जीवन हो घाम छायाँदेखि खान्न म त लामपाते सुरती, मै नाचेँ छमछमी, तालको पानी, भेडाको ऊनजस्तो, अगनै भरी लगायत गीत गाएर दर्शक स्रोतालाई नचाएका थिए । नेपथ्यलाई साथ दिन दमक र आसपासका करिब तीन हजार दर्शक सहभागी थिए । अधिकांश युवा पुस्ताको सहभागिता रहेको कन्सर्टमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको थियो ।



    नेपथ्यले विशेषतः सामुदायिक विद्यालयहरुको सहयोगका लागि लाइभ कन्सर्ट गर्दै आएको छ । दमकपछि नेपथ्यले माघ १ गते नारायणघाट र माघ ४ गते भैरहवामा प्रस्तुती दिने छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…