चुलाचुली/ पुस १६ गते, इलामको दक्षिणी चुलाचुली गाउँपालिकामै पहिलो अनलाइन पत्रिका चुलाचुली मिडिया डट कम काे प्रकाशन अाजबाट सार्वजनिक भएको छ ।
ग्रामीण विकास र जनताकाे लागि सूचना समप्रेषण गर्ने उदेश्य लिइएर प्रकाशनमा ल्याएकाे यश चुलाचुली मिडिया डट कम अनलाइन पत्रिकाले अंग्रेजी नयाँ साल २०२० लाई विशेष दिन पारेर अाफ्नाे काम सुरू गरिएको सम्पादक चेतन अाङथुपाेले वताएका छन् ।
उनले २०६५ सालमा माेरङबाट प्रकाशन हुने माेफसल साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरूवात गर्दै देखि चुलाचुली गाउँपालिकाकाे विभिन्न समस्या कुनै पनि मिडियाकाे अाँखामा नपर्ने भएपछि उनले चुलाचुलीलाई चिनाउन र यहाँका समस्या देखाउनलाई भए पनि गरेको पत्रकारिताले नै दिइएको थप उर्जा ले अझै समयसापेक्ष मिडियाकाे अावश्यकता चुलाचुलीलाई छ भनेर उनले चुलाचुली मिडिया प्रा. लि. कम्पनी दर्ता गराएकाे वताए ।
उनले सम्पादन प्रकाशन गर्दै अाएकाे चुलाचुलीमा पहिलो प्रिन्ट पत्रिका नयाँ बाटाे नयाँ पाइला मासिक पत्रिका हाे । यश पत्रिका २०६७ साल देखि प्रकाशनमा अाए पनि जनशक्ति र अार्थिक अभावकै कारण २०७२ सम्म अाएर प्रकाशन बन्द भएको थियाे ।
प्रकाशक सुमन राई रहेको चुलाचुली मिडियामा निर्देशक/ सम्पादक चेतन अाङथुपाे र अफिसियल प्रविधि संजय विश्वकर्मा रहेका छन् ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        